logo
२०८१ मंसिर १२ बुधवार



जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ

खुला |


जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ


काठमाडौं, फागुन ३ गते । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ परेका छन् ।

प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक एवं प्रवक्ता श्यामकुमार महतोले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी सङ्खुवासभास्थित मकालु गाउँपालिका–१ बस्ने ४० वर्षीय मिङ्तेम्बा शेर्पालाई पक्राउ गरेको जानकारी दिनुभयो ।

केन्द्रीय अनुसन्धान ब्युरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले शेर्पालाई सोमबार काठमाडौंको इचुङ्गुनारायण ठूलोभर्याङ्गबाट पक्राउ परिएको प्रवक्ता महतोले जानकारी दिनुभयो । पक्राउ परेका शेर्पालाई मङ्गलबार काठमाडौं जिल्ला अदालतमा पेश गरेको उहाँले बताउनुभयो ।

जबरजस्ती करणी मुद्दामा पक्राउ परेका शेर्पालाई सङ्खुवासभा जिल्ला अदालतले २०६१ चैत १० गते पाँच वर्ष कैद फैसला गरेको थियो । साथै पीडित महिलाले प्रतिवादीको अंश भागबाट आधा पाउने फैसला अदालतले गरेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?