logo
२०८१ जेष्ठ ४ शुक्रवार



तनहुँमा ई–पासपोर्ट वितरण सुरु, स्थानीय खुशी

खुला |
प्रदेश |


तनहुँमा ई–पासपोर्ट वितरण सुरु, स्थानीय खुशी


अमरराज नहर्की
तनहुँ, फागुन ३ गते । जिल्ला प्रशासन कार्यालय तनहुँले विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण सुरु गरेको छ । जिल्लाबाटै विद्युतीय राहदानी दर्ता गर्ने तथा वितरण गर्न थालेपछि सेवाग्राहीलाई सेवा लिन सहज भएको छ । ई–पासपोर्ट वितरण शुरुभएपछि स्थानीयहरु खुशी हुनुभएको छ ।

जिल्लाबाटै अब इ–पासपोर्ट पाइने भएपछि सेवाग्राहीलाई काठमाडौंं धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । एक महिनाभन्दा अघिदेखि ई–पासपोर्टका लागि सेवाग्राहीहरुको फर्म भर्ने र अन्य आवश्यक कागजात सङकलन गर्ने काम थालेको कार्यालयले राहदानी विभाग काठमाडौंबाट सेवाग्राहीको ई–पासपोर्ट छापिएर आएपछि हालै वितरण सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिनुभयो । मङ्गलबार ४० जनाको विद्युतीय राहदानी दर्ता थलिएको सहायक प्रजिअ गैरेले बताउनुभयो ।

शुरुमा १५ जना, त्यसपछि २५ को मात्रै दर्ता गरिएकोमा विद्युतीय राहदानीको लागि आवश्यक उपकरण र पूर्वाधारको व्यवस्थापन गरी मङ्गलबारबाट ४० जनाको दर्ता गर्न थालिएको गैरेले जानकारी दिनुभयो । लामो समयसम्म प्रयोगमा रहेको हस्तलिखित पासपोर्टलाई विस्थापित गरेर एमआरपी लागू गरेको राहदानी विभागले त्यसको झन्डै ११ वर्षपछि ई–पासपोर्ट प्रयोगमा ल्याएको थियो । विभागले दिने राहदानीमा विद्युतीय चिप हुने र त्यसमा सम्बन्धित व्यक्तिका विवरणहरू समाविष्ट हुन्छ । एमआरपीको तुलनामा ई–पासपोर्ट बढी विश्वसनीय र सुरक्षित हुने बताइएको छ ।

विद्युतीय राहदानी दर्ताका लागि सेवाग्राही आफैले पनि अनलाइन दर्ता गर्न सक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । शुरुमा व्यवस्थापनले गर्दा केही ढिला भएपनि हाल दर्ता गरेको सातदेखि १० दिनभित्रै ई–पासपोर्ट दिने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?