हिक्मतबहादुर सिंह
डडेल्धुरा, फागुन ३ गते । डडेल्धुरामा कोठा न्यानो बनाउन हिटर बालेर सुतेका एक जनाको निस्सासिएर मृत्यु भएको छ । जिल्लाको अमरगढी नगरपालिका –२ त्रिपुरासुन्दरी (बुढी घटाल) मा बस्दै आउनुभएका कनैया गिरी ‘महाराज’ को मृत्यु भएको स्थानीयले जनाएका छन् ।
मंगलबार बिहान उहाँ आफ्नै कोठाभित्र मृत फेला पर्नुभएको स्थानीय रमेश भट्टले बताउनुभयो । मृतक कृष्णपुर नगरपालिकाको गुलरीयामा बसोबास गर्ने भएकाले अमरगढी नगरपालिकाले शव व्यवस्थापनको खर्च व्यहोर्ने गरि पठाइएको अमगढी नगरपालिका –८ का वडा अध्यक्ष नरबहादुर साँकीले बताउनुभयो । गिरिको मृत्युबारेमा स्थानीय प्रशानलाई जानकारी गराइएको स्थानीय भट्टले जानकारी दिनुभयो ।