logo
२०८१ बैशाख १५ शनिवार



चरिकोटमा पहिलो पटक तारे होटल सञ्चालनमा

खुला |
प्रदेश |
पर्यटन |


चरिकोटमा पहिलो पटक तारे होटल सञ्चालनमा


बाबुराम शर्मा
चरीकोट, फागुन ३ गते । दोलखाको सदरमुकाम चरिकोटमा पहिलो पटक दुई तारे एम्ब्रोसिया नामक होटल सञ्चालनमा आएको छ । आफनै अदिती कम्प्लेक्स भवनमा होटलको भवनबाहेक १० करोड रुपियाँ लगानीमा सञ्चालनमा आएको हो । दुई तारे होटल सञ्चालनमा आएको चरिकोटमा ट्रेड बिजनेस’ गर्दै आउनुभएका व्यवसायी दिनेश बस्नेतले जानकारी दिनुभयो ।

उहाँकाअनुसार आन्तरिक पर्यटकको संख्या बढिरहेका र यहाँ सुविधासम्पन्न होटलहरू नभएकाबेला यो तारे होटल सञ्चालनमा ल्याइएको हो । धेरै पर्यटकहरू सुविधासम्पन्न होटल नभएकै कारण एकै दिनमा कालिञ्चोक र भीमेश्वर मन्दिरको दर्शन गरेर फर्कने गरेका छन् । पर्यटकलाई दुई तीन दिन टिकाउन सुविधा सम्पन्न होटलको खाँचो रहेको छ उहाँले भन्नुभयो ।

धार्मिक एवम् पर्यटकीय क्षेत्रको रूपमा परिचित हिमाली जिल्लामा सञ्चालनमा आएको जानकारी दिँदै व्यवसायी बस्नेतले भन्नुभयो, “होटलको भवनबाहेक १० करोड रुपियाँ लगानी भएको छ । ३५ वटा कोठा रहेको सो होटलको एक हजार जनाको क्षमता रहेको छ ।” सुविधासम्पन्न बैंक्वेटसमेत होटलमा रहेको उहाँले जानकारी दिनुभयो । बैंक्वेटको क्षमता पाँच सय जनाको रहेको उहाँले बताउनुभयो ।

होटलमा एक सय जना अटने क्षमताको मिटिङ हल र रुफटपमा रेष्टुराँमा समेत गरी एक हजार जनालाई एकै पटक होटलले सेवा दिन सक्ने क्षमता रहेको उहाँको भनाई छ । होटलमा स्वीट रुम पाँच, डिलक्स ३०, सोना स्ट्रिम, पार्टी प्यालेस, मिटिङ हल समेतको व्यवस्था रहेको जानकारी दिँदै उहाँले भन्नुभयो, “यहाँ बस्नेले रुफटप रेष्टुराँँ, बैंक्वेट र सोना स्टिमको समेत सुविधा प्राप्त गर्नेछन् ।”

व्यवसायिक प्रायोजनका लागि बस्नेतले नै करिब ३० करोड रुपियाँ लगानीमा निर्माण गर्नुभएको साढे छ तले भवनलाई नै प्रयोग गरी होटल सञ्चालनमा ल्याइएको छ । २०७७ असोजभित्रै होटल सञ्चालनमा ल्याउने गरी तयारी गरिए पनि कोरोना महामारीका कारण ढिला भएको उहाँले बताउनुभयो ।
होटलको बेड र कोठा भने पाँचतारे स्तरकै बनाइएको बस्नेतले बताउनुभयो । “सुरुमा तीन तारे होटल बनाउने सोचकासाथ अघि बढेपनि बेड संख्या कम भएकाले दुई तारे मात्र बनाएका हौं, त्यसका लागि आवश्यक पूर्वाधारहरू पर्याप्त रहेको छ” उहाँले भन्नुभयो ।

लामो समयदेखि व्यवसाय गर्दै आउनुभएका बस्नेत गोर्खा ब्रुअरी र सूर्य नेपाल दोलखाका लागि आधिकारिक बिक्रेता हुनुहुन्छ । चरिकोटमै कालिञ्चोक ड्रिङकिङ वाटर उद्योगसमेत सञ्चालन गर्दै आउनुभएका बस्नेतलाई जिल्लाबासीले सफल व्यवसायीको रुपमा चिन्ने गर्छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?