logo
२०८१ जेष्ठ ४ शुक्रवार



झुलुङ्गे पुल र थारु कल्याणकारी सभा भवनको शिलान्यास

खुला |
प्रदेश |


झुलुङ्गे पुल र थारु कल्याणकारी सभा भवनको शिलान्यास


नारद कोहार
तौलिहवा, फागुन ३ गते । कपिलबस्तुको विजयनगर गाँउपालिकामा एकैसाथ झुलुङ्गे पुल र थारु काल्याणकारी सभा (थाकस) भवनको शिलान्यास गरिएको छ । गाँउपालिकाको नौडिहवा–गोबरहवा जोड्ने विशवा खोलामा झोलुङ्गे पुल र गाउँपालिकाको वडा १ नेवलागञ्जमा थाकस भवनको शिलान्यास गरिएको हो ।

पालिकाका अध्यक्ष गोपालबहादुर थापा र उपाध्यक्ष लक्ष्मी चौधरीले झुलुङ्गे पुलको शिलान्यास गर्नुभयो । पालिकाका अध्यक्ष थापा, उपाध्यक्ष चौधरी र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष अनिल थारुले भवनको शिलान्यास गर्नुभयो ।

संघ सरकार र गाउँपालिकाको साझेदारीमा नौडिहवा–गोबरहवाको विशवा खोलामा सो झुलुङ्गे पुल निर्माण हुन लागेको पालिकाका अध्यक्ष थापाले बताउनुभयो । सो झुलुङ्गे पुलको लागत ८० लाख रुपियाँ रहेको उपभोक्ता समितिका अध्यक्ष प्रदेशनी थारुले जानकारी दिनुभयो । आगामी असार मसान्तभित्र पुलको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । त्यस्तै कल्याणकारी सभा भवनको निर्माण गाउँपालिकाको सहयोगमा हुन लागेको समिति अध्यक्ष थारुले बताउनुभयो ।

वडा १ का नागरिक पालिकाकै सबैभन्दा विकट क्षेत्रमा बस्दैआएको गाँउपालिकाका अध्यक्ष थापाले बताउनुभयो । नेवलागञ्जको विशवा खोलामा पक्की पुल र नौडिहवा–गोबरहवा जोड्ने खोलामा अब झुलुङ्गे पुल बन्ने भएपछि स्थानीयलाई आवत–जावतमा सहज हुने उहाँले बताउनुभयो ।

विशवा खोलामा पुल नहुँदा स्थानीयलाई वर्षातको समयमा आवतजावत गर्न समस्या पर्दैआएको छ । स्थानीयबासीले वर्षेनी ज्यान जोखिममा राखेर खोला तर्दै आउनुभएको छ । खोलामा पुल बन्ने भएपछि स्थानीयबासी खुसी भएको स्थानीय समाजसेवी कृपाल चौधरीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?