logo
२०८१ जेष्ठ ४ शुक्रवार



सुन्तलामा सिट्रस ग्रिनिङ्ग रोग, किसान चिन्तित्

खुला |
प्रदेश |


सुन्तलामा सिट्रस ग्रिनिङ्ग रोग, किसान चिन्तित्


प्रतीक इच्छुक शर्मा
सल्यान, फागुन ३ गते । सुन्तलाका बोट पहेंलो हुँदै सुक्न थालेपछि सिट्रस ग्रिनिङ रोग लागेको जानकारी गराइएको छ । थोरै लगानीमा गर्न सकिने सजिलो खेती र राम्रो आम्दानी हुने भएकाले यहाँका किसानले अन्नबाली लगाउन छाडेर सुन्तला खेती गर्दैआएको भए पनि सुन्तलामा रोग देखिएपछि किसान चिन्तित भएका छन् ।

वागचौर नगरपालिका ८ का किसान भरतनाथ योगीले सिट्रस ग्रिनिङ्ग रोग र रासायनिक मल तथा विषादीको प्रयोग गर्न नजान्दा सुन्तलाका बोट नै सुक्न थालेको बताउनुभयो । उहाँकाअनुसार एक हजारभन्दा बढी सुन्तलाको बोट लगाएका योगीले रोगका कारण एक सय बढी बोट मरेका छन् ।

कोटमौला क्षेत्रका २ सय ५० किसानले ब्यवसायिक सुन्तलाखेती गरेका छन् । सुन्तला वगैचामा सिट्रस ग्रिनिङ्ग रोग देखापरेको छ । किसान अंगेश्वर डाँगीले रोग छिटो फैलिने हुँदा उत्पादन यो वर्ष सुन्तला उत्पादनमा समेत कमीआएको बताउनुभयो । उहाँकाअनुसार यसअघिका वर्ष कोटमौलाक्षेत्रबाट २० करोड वढीको सुन्तला जिल्ला वाहिर निकासी भएपनि यो वर्ष १४ करोड रुपियाँ वरावरको निर्यात भएको छ ।

किसान प्रकाश डाँगीले हाँगाबाट सुक्दै जाने, जरा कुहिने, फल पनि राम्रो नहुने भएका कारण सुन्तला उत्पादन घट्न थालेको बताउनुभयो । उहाँकाअनुसार जति उपचार गर्दा पनि रोग नियन्त्रणमा आउन सकेको छैन । कृषि विकास कार्यालय सल्यानका कार्यालय प्रमुख भरत बस्नेतले किसानको सुन्तला वगैचामा सिट्रस ग्रिनिङ्ग र सिट्रससिल्ला रोग देखा परेको बताउनुभयो ।

बगैँचामा रोगले आक्रमण गर्दा वर्षेनी सुन्तलाको उत्पादनमा समेत गिरावट आइरहेको उहाँले बताउनुभयो । यो समस्या सल्यानको मात्र नभएर देशभर सुन्तलामा यस प्रकारको समस्या देखिएको कृषकहरुको भनाई छ । रोग न्यूकिरण गर्न चालु आर्थिक वर्षमा कोटमौला सुन्तला वगैचामा वगैचा सुधार, औषधी आदिको प्रयोग गरिने समेत वस्नेतको भनाई छ ।
जिल्लामा नौ सय किसानले १ हजार ५ सय हेक्टर बढीमा व्यवसायिक सुन्तला खेती गर्दै आइरहेका छन् । रोगकै कारण गत वर्षको तुलनामा यो वर्ष झन्डै ३३ प्रतिशतले उत्पादन घटेको कार्यालयको तथ्याङ्क छ ।

कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारीले गत वर्ष ७ हजार ४ सय ८३ मेट्रिक टन उत्पादन भएकोमा यो वर्ष ६ हजार ८ सय ८५ मेट्रिक टन मात्र सुन्तला उत्पादन भएको बताउनुभयो । जिल्लाका बागचौर, शारदा नगरपालिका, छत्रेश्वरी, सिद्ध कुमाख, कपुरकोट गाउँपालिकालगायत स्थानलाई सुन्तला पकेट क्षेत्र मानिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?