logo
२०८१ जेष्ठ ३ बिहीवार



एकीकृत समाजवादीका जिल्ला सचिवसहित नेताहरु एमालेमा प्रवेश

खुला |
प्रदेश |


एकीकृत समाजवादीका जिल्ला सचिवसहित नेताहरु एमालेमा प्रवेश


नारद कोहार
तौलिहवा, फागुन ३ गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का जिल्ला कमिटी सचिवसहित ११ जना नेकपा (एमाले) मा प्रबेश गरेका छन् । एमाले कपिलबस्तुले बाणगंगामा आयोजना गरेको दोस्रो पूर्ण बैठकमा नेकपा (एस) का जिल्ला सचिव सर्बेन्द्र खनालसहित ७ जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको एमाले कपिलवस्तुले जनाएको छ ।

नेकपा (एस) जिल्ला सदस्य विनोद भट्टराई, अजय पान्डे, दिल्लीराज पाण्डे, भिमप्रसाद भट्टराई, सन्तोष पाण्डे, अमृत घिमिरेसहित एमालेमा प्रवेश गर्नुभएको एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले जानकारी दिनुभयो ।

यस्तै, नेकपा (माओवादी केन्द्र) कृष्णनगर नगर कमिटी सदस्य एवम् कृष्णनगर उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष गुरुचरण सिंह (बन्टि) माओवादी वडा कमिटी सदस्य हिम्मत सिंह, आत्माजित सिंह, रामचन्द्र जैसवाल, नेपाली काङ्ग्रेस क्षेत्र २ का क्षेत्रीय प्रतिनिधि कृष्ण खनालसमेत एमालेमा प्रवेश गर्नुभएको एमाले कपिलवस्तुले जनाएको छ । नवप्रवेशीलाई खादा लगाएर स्वागत गरिएको अध्यक्ष शर्माले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?