logo
२०८१ जेष्ठ ७ सोमवार



एमाले नेतृत्वको सरकारले गरेको कामबारे जानकारी गराउन आग्रह

खुला |
राजनीति |
प्रदेश |


एमाले नेतृत्वको सरकारले गरेको कामबारे जानकारी गराउन आग्रह


धर्बेन्द्र झा
जनकपुरधाम, फागुन ३ गते । नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यसअघिको एमाले नेतृत्वको सरकारले गरेको कामबारे नागरिकलाई जानकारी गराउन पार्टी नेता तथा कार्यकर्ता पङ्तिलाई आग्रह गर्नुभएको छ ।

मधेस प्रदेशस्तरीय स्थानीय तह निर्वाचनको तयारीबारेमा केन्द्रीत प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमलाई मंगलबार जनकपुरधाममा सम्बोधन गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले सो आग्रह गर्नुभयो । आगामी निर्वाचनमा पार्टीको पक्षमा जनमत कायम गर्न उहाँले यसअघिको सरकारले गरेको कामबारे जानकारी गराउन आग्रह गर्नुभएको हो ।

मधेसी जनतासहित आदिबासी जनजाति तथा पछाडि परेका वर्गको उत्थान र समग्र देशको समृद्धिका लागि पार्टीले काम गरिरहेको चर्चा गर्नुहुँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले मधेस प्रदेशमा एमालेको पक्षमा माहौल बलियो बनाउन कार्यकर्ताहरुलाई निर्देश गर्नुभयो । एमालेलाई घेराबन्दी गरी कमजोर बनाउने प्रयास गरिए पनि जनताको बलमा एमाले स्थापित हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

उपमहासचिव प्रदिप ज्ञवालीले एमालेलाई जति घेराबन्दी गरेपनि नेपाली जनता पार्टीको नीति एवं सिद्धान्तप्रति आकर्षित रहेको बताउनुभयो । अगामी चुनावमा एमाले पुनः पहिलो पार्टी बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
एमाले मधेश प्रदेश कमिटिका अध्यक्ष रामअवतार यादवको अध्यक्षतामा भएको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम बुधबारसम्म चल्ने सो दलले जनाएको छ । स्थानीय तहको निर्वाचन मिति सरकारले आगामी वैशाख ३० गतेका लागि तोकेपछि एमालेले प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम शृुरु गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?