logo
२०८१ बैशाख २१ शुक्रवार



टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ घाइते

खुला |
प्रदेश |


टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ घाइते


भोटराज राई
उदयपुर, फागुन ४ गते । उदयपुरमा गिट्टी–बालुवा बोकेको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । गएराती उदयपुरगढी गाउँपालिका –७ हाडेबास चिउरीबासको बाधखोर–कोल्डे भित्रि सडकखण्डमा स १ १९० नम्बरको टिपर दुर्घटना हुँदा उदयपुरगढी गाउँपालिका –७ का १९ वर्षिय उज्जल खपाङ्गीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरको सुचना अधिकारी प्रहरी नायव उपरिक्षक बेदप्रसाद गौतमकाअनुसार दुर्घटनामा गम्भिर घाइते खपाङ्गीको उदयपुर अस्पतालमा उपचारको क्रममा राती मृत्यु भएको थियो । दुर्घटनाबाट चालकसहित तीन जना घाइते भएका छन् । उहाँहरुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

उदयपुरगढीका १७ वर्षिय युवराज खपाङ्गी, २४ वर्षिय भरत खपाङ्गी र सप्तरीको कल्याणपुर –२ का २९ वर्षिय उमेशकुमार चौधरी घाइते भएका छन् । चौधरी टिपर चालक हुन् । घाइतेहरुको शरीरको विभिन्न ठाउँमा चोट लागेको छ । घाइते सबैको उदयपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले दिएको जानकारीअनुसार गिट्टी–बालुवा बोकेको सो टिपर नेपालटारबाट कोल्टेतर्फ आउदैगर्दा एक्कासी ब्रेक फेल भई सडकदेखि ४० मिटर तल खसेको थियो । दुर्घटनाको खबर पाए लगत्तै प्रहरीले घाइतेहरुको उद्धार गरेको थियो । पवित्रा निर्माण सेवा कम्पनीको रहेको सो गाडी अझै दुर्घटनाग्रस्त स्थलमै रहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?