logo
२०८१ बैशाख १७ सोमवार



जाजरकोट कारागारमा क्षमताभन्दा चार गुणा वढी कैदीबन्दी

खुला |
प्रदेश |


जाजरकोट कारागारमा क्षमताभन्दा चार गुणा वढी कैदीबन्दी
फाइल तस्विर


सहदेव बस्नेत
जाजरकोट, फागुन ४ गते । जिल्ला कारागारमा क्षमताभन्दा चार गुणा वढी कैदी बन्दी राख्दा बन्दीहरुलाई समस्या परेको छ । कारागार क्षमता १५ जनाको भए तापनि हाल ५९ जना राख्नुपरेको कारागार प्रशासनले जनाएको छ ।

कारागार कार्यालय जाजरकोटका जेलर तेजविक्रम शाहले हाल कारागारमा ५९ जना बन्दीलाई राख्नुपर्ने वाध्यता भएको बताउनुभयो । भौतिक पुर्वाधार अभावमा ठुूलो संख्यामा कैदीवन्दि राख्नुपर्ने वाध्यता भएको जेलर शाहको भनाई छ ।

कारागारको भौतिक पुर्वाधार निर्माणमा सरोकारवालाले कुनै चासो नदिएको कार्यालयको गुनासो गर्दैआएको छ । हालै कारागारबाट मुक्त हुनुभएका कैदीबन्दिहरुले सुत्ने कोठाको साथै खानेपानी, शौचालय, खेलमैदान र खेल सामग्रीको समेत अभाव भएको गुनासो गर्नुभएको थियो ।

खुला कारागारको अवधारणा आइसकेको अवस्थामा जाजरकोट कारागार पशुवस्तु वाँध्ने गोठ सरह कैदी वन्दिहरु वस्नुपर्ने वाध्यता भएको बन्दीहरुको गुनासो छ । जीर्ण भौतिक संरचनार क्षमताभन्दा वढी कैदी बन्दिहरुलाई व्यवस्थापन गर्न सुरक्षा चुनौति समेत रहेको जेलर शाहले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी चेतराज वराल कारागारमा क्षमताभन्दा वढी कैदी बन्दीहरु रहेको भए तापनि आवश्यक पुर्वाधार निर्माण हुन नसक्दा समस्या आएको बताउनुभयो । आफुले सम्वन्धित निकायमा जानकारी गराइसकेको उहाँको भनाई छ ।

त्यसैगरी जिल्ला कारागारमा महिला बन्दी राख्ने व्यवस्था नहुँदा महिला कैदीबन्दीहरु लाई वाहीरी जिल्लामा पठाउने गरेको कार्यालय प्रमुख शाहले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?