logo
२०८१ जेष्ठ ४ शुक्रवार



‘मधेस प्रदेश’ नामाकरण मुख्य सफलता प्रदेश सरकारको भनाई

खुला |
प्रदेश |


‘मधेस प्रदेश’ नामाकरण मुख्य सफलता प्रदेश सरकारको भनाई


धीरेन्द्रप्रसाद साह
जनकपुर, फागुन ४ गते । मधेस प्रदेश सरकारले प्रदेशको नामाकरणदेखि भौतिक संरचना निर्माणको काममा मुख्य सफलता प्राप्तभएको बताएको छ । २०७४ फागुन ३ गते गठन भएको प्रदेशले एक महिनाअघि माघ ३ गते स्थायी नाम र राजधानी प्राप्त गरेको थियो ।

चार वर्ष पूरा गरेको मधेस प्रदेशले राजनैतिक उपलब्धिको रक्षा, सुदृढीकरण र विकास गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका महत्वपूर्ण योजनाहरु ‘बेटी पढाउँ बेटी बचाऊ’ कार्यक्रम, शहीदको सम्मान, किसानको ऋण ब्याज भुक्तानी प्रयोजनका लागि अनुदान, ६४ निर्वाचन क्षेत्रमा सडक कालोपत्रे, तीनवटा विश्वविद्यालय स्थापना, आधुनिक प्रदेश ल्याब (प्रयोगशाला) स्थापना लगायतका काम गरेको छ ।

प्रदेश सरकारले चौथो वार्षिकोत्सव समारोहमा सार्वजनिक गरिएको चार वर्षको प्रमुख उपलब्धीहरुमा ४४ वटा ऐन, तीनवटा नियमावली, ११ वटा कार्यविधि, मापदण्ड, निर्देशिका बनाइएको उल्लेख छन् । मधेस प्रदेशका मुख्यमन्त्री लालबावु राउत, अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह, भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, सामाजिक विकासमन्त्री नवलकिशोर साह, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयकुमार यादवलगायतले संयुक्त रुपमा प्रमुख उपलब्धी समेटिएको पुस्तक सार्वजनिक गर्नुभयो ।

प्रमुख उपलब्धीहरुमा प्रदेशभरिका आठवटै जिल्लाका गरी ६० वटा बर्थिङ सेन्टर, ७६ वटा सामुदायिक भवन, १८ वटा धर्मशाला, तीनवटा योग भवन, दुईवटा शिशु सदन, २० वटा खेल मैदान, पाँचवटा छात्रावास, २२ वटा विद्यालय भवन, तीनवटा वृद्धाश्रम, नौवटा रंगशाला, तीनवटा कभर्ड हल, दुईवटा अस्पताल, दुईवटा पुस्तकालय, सातवटा मदरसा, तीनवटा मस्जिद, एक वालगृह, दुई शौचालय निर्माण र ३१ वटा विद्यालय भवन र दुईवटा बृद्धाश्रम भवनको मर्मतसम्भार तथा स्तरोन्नति गरेको उल्लेख छ ।

त्यस्तै, प्रदेशभरिमा २२५ किलोमिटर कच्ची सडक, ९३७ किलोमिटर ग्राभेल सडक, २२४ किलोमिटर कालोपत्रे सडक र २३७ किलोमिटर ढलान सडक, २९२ कल्भर्ट, ३२ वटा पुल, तीनवटा झुलुङ्गे पुल, ३४ हेडबक्स, १७४ किलोमिटर कच्ची नहर निर्माण गरेको छ । २९ किलोमिटर पक्की नहर, ७८ किलोमिटर तटबन्ध निर्माण, आठ हजार ७४ हेक्टर खेतीयोग्य जग्गा संरक्षण गरेको प्रदेश सरकारले दावी गरेको छ ।

प्रदेश सरकारले सूचना तथा सञ्चार क्षेत्रको विकासका लागि आमसञ्चार प्राधिकरण, चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्ड र मिडिया काउन्सिल स्थापना र पत्रकारलाई अभिमूखीकरण तालिम प्रदान तथा सलहेस वृतचित्र निर्माण गरेको बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?