logo
२०८१ जेष्ठ ८ मंगलवार



टिपरसहित स्काभेटर नियन्त्रणमा

खुला |
प्रदेश |


टिपरसहित स्काभेटर नियन्त्रणमा


धीरेन्द्रप्रसाद साह
जनकपुर, फागुन ४ गते । कमला खोलामा अबैध रुपमा बालुवा तथा गिट्टी उत्खनन् गरिरहेको आधा दर्जन टिपरसहित स्काइभेटर धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले एक स्काइभेटर र सात टिपर नियन्त्रणमा लिएको धनुषा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।

खोलामा बालुवा तथा गिट्टी उत्खनन गरिरहेको अवस्थामा ना ८ ख ६१२४, ना ८ ख ८३७३, प्र–२–०१–०० ३ ख ००५८, प्र २–०१–००१ ख ००५९, प्र २–०३–००१ ख ३२२७, प्र २–०३–००१ ख ५०८४, प्र २–०१–००१ ख ०१११ नम्बर टिपरहरू र सिआरईजिसीई ३०७ नम्बरका स्काइभेटर नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो ।

प्राप्त सूचनाको आधारमा प्रहरी चौकी पोर्ताहा र इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटेको प्रहरी टोलीले धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ स्थित कमला खोलामा अवैध रुपमा बालुवा गिट्टी उत्खनन् गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको टिपर र स्काइभेटरलाई थप कारबाहीको लागि जिल्ला समन्वय समिति धनुषा पठाइएको प्रनाउ बस्नेतले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?