logo
२०८१ जेष्ठ १ मंगलवार



विप्लब समूहका २१ जना कार्यकर्ता पक्राउ

खुला |
प्रदेश |


विप्लब समूहका २१ जना कार्यकर्ता पक्राउ


विजयकुमार साह
ढल्केवर, फागुन ४ गते । एमसीसी विरोधमा पूर्व–पश्चिम राजमार्ग बन्द गराउँदै हिडेका नेत्रविक्रम चन्द विप्लब समूहका २१ जना कार्यकर्तालाई इलाका प्रहरी कार्यालय ढल्केवर धनुषाले पक्राउ गरेको छ ।

मिथिला नगरपालिका –१० लालगढस्थित पूर्व–पश्चिम राजमार्गमा एमसीसीको विरोधमा नारा जुलूस लगाउँदै यातायात बन्द गराउँदै हिडेका सो समूहका केन्द्रीय सदस्य देवनारायण साहसहित २१ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा ६ जना महिला र १५ जना पुरुष रहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जानकारी दिएको छ


एमसीसीको विरोधमा ६ दल र दुई मोर्चाले बुधबार नेपाल बन्दको आह्वान गरेका थिए । धनुषामा बन्दको सामान्य प्रभाव परेको छ । पूर्व–पश्चिम राजमार्गमा यात्रुबाहक बस कम मात्रामा चलेका छन् । मालबाहक ट्रक र साना सवारीसाधन भने चलेको प्रहरीले जनाएको छ । यस्तै कलकारखाना तथा पसलहरु बिहानैदेखि खुलेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?