logo
२०८१ जेष्ठ ४ शुक्रवार



प्रदेश सरकार नै संघीयताको पहिलो आधार : प्रदेश प्रमुख गुरुङ

खुला |
प्रदेश |


प्रदेश सरकार नै संघीयताको पहिलो आधार : प्रदेश प्रमुख गुरुङ


रमेश पौडेल
पोखरा, फागुन ४ गते । गण्डक्री प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सरकार नै संघियताको पहिलो आधार भएको वताउनुभएको छ । गण्डक्री प्रदेश सरकार स्थापनाको चौथो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो । संघीयताको संस्थागत बिकासका लागि प्रदेश स्थानिय तहको जग बलियो हुनुपर्ने उहाँको भनाई छ ।

लामो त्याग र बलिदानीबाट प्राप्त उपलब्धी रक्षाका लागि सबै पक्ष एक हुनुपर्ने प्रदेश प्रमुख गुरुङले बताउनुभयो । कार्यक्रममा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरोलले प्रदेश स्थापना भएको छोटो समयमा सरकारले जनताको मन जित्न सफल भएको वताउनुभयो । सरकारले गरेको बिकास निर्माण एवम सेवा प्रवाहले प्रदेश सरकारको महत्व जनताले आत्मसात् गरेको दावी गर्नुभयो ।

मुख्यमन्त्री पोख्रेलले प्रदेशलाई संघले अधिकार दिन आनाकानी गरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो “संविधानले प्रदेशलाई दिएको जिम्मेवारी पूरा गर्न पर्याप्त अधिकार उपयोग गर्न नपाएको बारेमा हामी सबै जानकार नै छौं ।” प्रदेश सरकारले चार वर्ष पूरा गर्र्दैगर्दा केही महत्वपूर्ण प्रश्न उब्जिएको उहाँले बताउनुभयो । प्रदेश सरकारले संविधानको भावना र मर्म बमोजिम काम गरिरहेको उहाँले बताउनुभयो ।

प्रदेश सभा २०७५ माघ २२ गते स्थापना भएपश्चात् संवैधानिक दायित्व बमोजिम प्रदेश सभाले ५० वटा ऐन पारित गरेको छ । नागरिकको जीविकासँग जोडिएका, सार्वजनिक महत्वका तथा दीर्घकालीन लाभका विषयमा प्रदेश सभामा जीवन्त छलफल भएको उहाँले बताउनु भयो । सरकारले ऐन कार्यान्वयनका लागि १२ वटा नियमावली तर्जुमा गरेको, शिक्षा र स्वास्थ्य नीति जारी गरेको, श्रम नीति, वन नीति, भू उपयोग नीतिको मस्यौदा तयार गरेको उहाँले बताउनुभयो ।

चार वर्षे अवधिमा भौतिक विकासतर्फ ८ सय ७३ किमि सडक निर्माण भएकोे, ४७ वटा मोटरेबल पुल बनेको, ८९ वटा सडक पुल निर्माणाधीन रहेको, ३२ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको र ३३ वटा झोलुङ्गे पुल आगामी वर्ष सम्पन्न हुने मुख्यमन्त्री पोखरेलले जानकारी दिनुभयो ।

पूर्व मुख्यमन्त्री एवम् प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलका नेता पृथ्वीसुब्वा गुरुङले संघीय एवम् केन्द्रीकृत मानसिकताले प्रदेश सरकार अपेक्षाकृत काम गर्न नसकेको वताउनुभयो । उहाँले भन्न्ुाभयो “स्थानीय तह अराजक बन्दा भ्रष्टचार मौलाउने खतरा बढदै गएकाले प्रदेशलाई समन्वयकारी बनाउनेगरी संघीय सरकारले कानुन बनाउनुपर्छ ।”

सभामुख नेत्रनाथ अधिकारी, माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमान, प्रमुख सचिव रबिलाल पन्थले संघीयता र प्रदेशको बिकासका बारेमा चर्चा गर्नुभएको थियो । गण्डकी प्रदेश सरकारले स्थापनाको चौथो वार्षिकोत्सव अवसरमा पहिलो पटक गण्डकी रत्न सम्मान घोषणा गरेको छ । सो सम्मान यस वर्ष महाबीर पुनलाई दिइने सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिनुभयो । सो अवसरमा सरकारको चार वर्षे उपलब्धी समेटिएको पुस्तक लोकार्पण गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?