logo
२०८१ जेष्ठ १ मंगलवार



संंरक्षणको पखाईमा रेलका पुराना इन्जिनहरु

खुला |
प्रदेश |


संंरक्षणको पखाईमा रेलका पुराना इन्जिनहरु


लक्ष्मी चौधरी
जनकपुरधाम, फागुन ४ गते । संग्रहालयमा संंरक्षण गरी राखिने भनिएका रेलका पुराना इन्जिनहरु अलपत्र परेका छन् । नेपाल रेल्वे कम्पनीले स्तरोन्नति गरेर नयाँ रेल सञ्चालनमा ल्याए पनि पुराना रेलका बहुमुल्य इन्जिनहरु अलपत्र परेका हुन् ।

धनुषाको जनकनन्दनी गाउँपालिका खजुरीस्थित जनकपुरधाम–जयनगर रेल्वे ट्र्याक खण्डको खुला स्टेशनमा ब्रह्मा, विष्णु, रामसीता, गोरखनाथ, पशुपतिनाथ, महावीर र सीता नामक इन्जिन संरक्षण अभावमा अलपत्र परेका छन् । खुला आकाशमुनि घामपानीले खिया लागिसकेको अवस्थामा इन्जिनहरु जीर्ण बन्दै गएका छन् ।

तीन दशक पहिले जनकपुर आएका बेलायतका एक रेल कम्पनीका मालिकले यो इन्जिन माग गरेपछि यसको महत्वबारे नेपाली जनताले जानकारी पाएको बताइन्छ । स्थानीय जनताकै आग्रहमा सरकारले बेलायतलाई ती इन्जिन दिन अस्वीकार गरेपछि तत्कालीन सरकारले आफै म्युजियम बनाउने तय गरेको थियो । पुराना इन्जिनलाई संरक्षणका लागि संग्रहालयको निर्माण आवश्यक रहेको स्थानीयहरुले बताएका छन् ।

पुराना ईन्जिनहरुको संरक्षण गर्न सकेमा भविष्यमा आम्दानीको माध्यम पनि बन्नसक्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताउनुभयो । संग्रहालय निर्मााणका लागि गृहकार्य भइरहेको पनि उहाँले जानकारी दिनुभयो । नेपालको ऐतिहासिक र बहुमुल्य सम्पति संरक्षण गरेर राख्नुपर्ने उहाँले बताउनुभयो ।

नेपाल रेल्वे कम्पनीको रेल जयनगर–कुर्था ३२ किलोमिटर यात्रुबिनाको रेल फागुन १ गते (आइतबार) देखि सञ्चालन हुँदैआएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?