logo
२०८० चैत्र १६ शुक्रवार



नाकामा रोकिएका १३० जना नेपाली स्वदेश फर्किए

खुला |
प्रदेश |


नाकामा रोकिएका १३० जना नेपाली स्वदेश फर्किए


गोकर्ण दयाल
बैतडी, फागुन ४ गते । तीन दिनदेखि बन्द रहेको पश्चिमी सीमा झुलाघाट नाका खुलेपछि नाका रोकिएका १३० जना नेपाली स्वदेश भित्रिएका छन् । भारतको उत्तराखण्ड राज्यमा भएको विधानसभा निर्वाचनका लागि नेपाल–भारत जोड्ने झुलाघाट नाका माघ २८ गते बेलुकी ५ः०० बजेदेखि फागुन ३ गते बिहान ७ः०० बजेसम्म बन्द गरिएको थियो ।

नाका खुलेपछि सीमामा रोकिएका नेपाली स्वदेश फर्किएको झुलाघाट प्रहरी चौकीले जनाएको छ । झुलाघाट प्रहरी चौकीकाअनुसार झुलाघाट नाका खुलेपछि ९६ जना नेपाली रोजगारीका लागि भारत गएका छन् । गाउँमा रोजगारी नभएपछि घरखर्च चलाउन भारत जान लागेको बैतडी पुरचौडीका लक्ष्मण बोहराले बताउनुभयो ।


“गाउँमा चुनाव आयो नजाउ भन्दै थिए तर गाउँमा बसेर के खाने ?” बोहराले भन्नुभयो, “गाउँमा ज्याला मजदुरी केही पाईँदैन । बालबच्चा पाल्न भारत जानैपर्छ ।” भारतबाट नेपाल भित्रिनेको हकमा सबैको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरेर भित्रिन दिएको झुलाघाट प्रहरी चौकीका इन्चार्ज दानसिंह धामीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?