logo
२०८१ बैशाख ७ शुक्रवार



ट्याक्टरले किचेर बालकको मृत्यु

खुला |
प्रदेश |


ट्याक्टरले किचेर बालकको मृत्यु


शिवराज ढुंगाना
मंगलसेन, फागुन ४ गते । ट्याक्टरले किचेर रामारोशनमा नौ महिने बालकको मृत्यु भएको छ । सुपप्र ०१–००२ त ५१७० नम्बरको ट्याक्टरले किच्दा रामारोशन गाउँपालिका –५ नेटाकोटका खेमराज साउँदको घटनास्थलमै मृत्युभएको हो ।

ट्याक्टर ब्याक गर्नेक्रममा असावधानीबस बालक किचिएको चालकले जनाएको अछाम प्रहरी प्रमुख रविराज थपलियाले जानकारी दिनुभयो । सोही वडा निवासी ट्याक्टर चालक १९ वर्षीय मनोज बटालालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ ।

यता, स्वास्थ्य चौकी हिडेका साँफेबगर नगरपालिका –१० घुगुरकोट निवासी २२ वर्षीया समीक्षा महता पनि बुधबार सोही नगरपालिका –४ भण्डारी गाउँमा मृत अवस्थामा फेला पर्नुभएको छ ।

चार महिने छोरालाई छाडेर मंगलबार बिहान करिब ११ बजेतिर घरबाट निस्किनुभएकी समीक्षा रुखमा झुण्डिको अवस्थामा फेला परेकी अछाम प्रहरीले जनाएको छ । मृतकको शव पोष्टपार्टमका लागि जिल्ला अस्पताल मंगलसेन ल्याइएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?