logo
२०८१ जेष्ठ २ बुधवार



दुर्घटनामा एकको मृत्यु, १४ जना घाइते

खुला |
प्रदेश |


दुर्घटनामा एकको मृत्यु, १४ जना घाइते


 

नगेन्द्रकुमार कर्ण
महोत्तरी, फागुन ५ गते । महोत्तरी जिल्लामा दुई दिनमा भएको छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । घाइतेमध्ये दुईजनालाई थप उपचारको लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको जनाइएको छ ।

जिल्लाको गौशाला नगरपालिका १ रामनगरमा बुधबार राति एम्बुलेन्सले ठक्कर दिँदा गौशाला नगरपालिका ११ भरतपुर बस्ने ३५ वर्षीय तेजनारायण यादवको मृत्यु भएको छ । सम्सी माईस्थान सडक अन्तर्गत रामनगरमा बुधबार राति स १ च १३९३ नम्बरको एम्बुलेन्सले साइकलमा सवार महतोलाई पछाडिबाट ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका महतोलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरिक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।

ठक्कर दिने एम्बुलेन्स र चालक सर्लाही बरहथवा नगरपालिका ९ का ३४ वर्षीय रामविहारी महतो प्रहरीको नियन्त्रणमा रहेको प्रवक्ता  विष्टले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?