logo
२०८१ बैशाख १७ सोमवार



पाँच दिनदेखि खार्पुनाथमा बिधुत सेवा अबरुद्ध

खुला |
प्रदेश |


पाँच दिनदेखि खार्पुनाथमा बिधुत सेवा अबरुद्ध


राजन रावत
सिमकोट, फागुन ५ गते । खार्पुनाथ गाउँपालिकामा पाँच दिनदेखि बिधुत सेवा अबरुद्ध हुँदैआएको छ । खार्पुनाथ शिबालयदेखि खर्पेल गाउँसम्मको सडक निर्माणका क्रममा बिधुत पोल ढल्दा बिधुत सेवा अबरुद्ध भएको हो ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुबहादुर शाहीले गाउँपालिका केन्द्र याङ्चु बजारमा पाँच दिनदेखि बिधुत सेवा अबरुद्ध हुँदा कामकाज ठप्प भएको जानकारी दिनुभयो । पुर्बाधार बिकास कार्यालयले खार्पुनाथ शिब मन्दिरबाट वडा ५ को खर्पेल गाउँसम्मको सडक निर्माणका क्रममा माथिबाट खसेका ढुङ्गाले बिधुतका पोलहरु ढलेको कारण बिधुत सेवा अबस्द्ध भएको हो ।

सेवाग्राही दैनिक कार्यालयमा आउने र बिधुतकै कारण काम गर्न नसकिएपछि खाली फिर्ता पठाउनु पर्ने बाध्यता रहेको गुनासो सुनाउनुभयो । बिधुत सेवा अबरुद्ध भएपछि प्रशासनिक तथा गाउँपालिकाद्वारा गरिने सबै काम ठप्प भएका उहाँले बताउनुभयो । गाउँपालिकामा बित्तिय सेवा दिदैआएको प्रभु बैंकले पनि सेवा बन्द गरेको छ ।

हिल्दुम साना जलबिधुत आयोजनालाई क्षति पुगेको पोलको ममर्तका लागि आवाज उठाउँदा जसले क्षति गरेको हो उसैले मर्मत गर्नुपर्ने भनाई आएको उहाँले बताउनुभयो । सडक निर्माण गर्ने पक्षले पनि सुनुवाई नगरेको बताउनुहुँदै ढलेको पोलको मर्मत कार्य तत्काल गर्न अधिकृत शाहीले आग्रह गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?