logo
२०८१ बैशाख १७ सोमवार



सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार

खुला |
प्रदेश |


सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार


राजन रावत
हुम्ला, फागनु ५ गते । ब्यथा लागेको तीन दिनपछि सुत्केरी हुनुभएकी एक जना महिलाको हेलिकोप्टरबाट जिल्ला बाहिर उद्धार गरिएको छ । घरमै बच्चा जन्मे पनि सुत्केरी महिलाको शरीर सुन्निन थालेपछि उहाँको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

स्वास्थ्य सेवा कार्यालयकी वरिष्ठ अनमि सरिता बोहराले खार्पुनाथ गाउँपालिका– २ थाली गाउँकी २५ वर्षीया जानसा रावल सुत्केरी भएपछि शरीर सुन्निएर स्वास प्रस्वासमा समस्या आएको बताउनुभयो । थप उपचारका लागि हेलिकोप्टरबाट उद्धार गरिएको उहाँले जानकारी दिनुभयो । बिहीबार नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत अस्पताल लगिएको उहाँले जानकारी दिनुभयो ।

वरिष्ठ अनमी बोहराले बच्चा जन्मे पनि आमाको शरीर सुनिएको कारण जोखिम हुने देखिएपछि हेलिकोप्टरबाट उद्धार गर्नुपरेको बताउनुभयो । आमाको शरीर सुनिएको भए पनि शिशुको स्वास्थ्य सामान्य रहेको उहाँले बताउनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले सुत्केरी भएर बिरामी भएको खबर आउने बित्तिक्कै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्र्तगतको राष्ट्रपति महिला उत्थान कार्यक्रमको सहयोगमा हेलिकोप्टरको व्यवस्था भएको बताउनुभयो । उद्धारका लागि लाग्ने हवाई भाडा सो कार्यक्रमले व्यहोरेको छ । यसवर्ष हुम्ला जिल्लाबाट योसहित तीन जना सुत्केरी तथा ब्यथा लागेका महिलाको उद्धार गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?