logo
२०८१ जेष्ठ १ मंगलवार



स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सुविधा सम्पन्न बनाउँछौं : मुख्यमन्त्री राउत

खुला |
प्रदेश |


स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सुविधा सम्पन्न बनाउँछौं : मुख्यमन्त्री राउत


लक्ष्मी चौधरी

जनकपुरधाम, फागुन ५ गते । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मधेस स्वस्थ्य विज्ञान प्रतिष्ठानलाई सुविधा सम्पन्न बनाउन आवश्यक बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाउनुभएको छ । जनकपुरधाम १४ मुजेलियास्थित मेधस स्वास्थ्य विज्ञान प्रतिष्ठानको विहीबार प्रथम वार्षिकोत्सवको अवसरमा जमिन प्रतिष्ठानको भइसकेकाले ढुक्क हुन आग्रह गर्नुभयो ।

अझैं राम्रो बनाउन आवश्यकताअनुसार भौतिक संरचना पनि थप्ने सरकारको योजना रहेको उहाँले बताउनुभयो । प्रतिष्ठान प्रदेशकै उदाहरणीय शैक्षिक संस्थाको रुपमा विकास गर्दै अगाडि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । मुख्यमन्त्रीले प्रतिष्ठान प्रदेशको गौरवको योजना रहेकाले आगामी दिनमा प्रदेशको आवश्यकताअनुसार दक्ष जनशक्ति पनि यसले उत्पादन गर्ने बताउनुभयो ।

संघीय सरकारको ढिलासुस्तीका कारण प्रदेशका काममा ढिलाई भइरहेकाले अब प्रदेशले आफ्नै ऐन बनाएर जानुपर्ने बताउनुभयो । त्यसो गर्दा प्रदेश सरकारले सिटीइभिटी कक्षा सञ्चालनका लागि पनि सजिलै अनुमति लिनसक्ने मुख्यमन्त्री राउतले बताउनुभयो । प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रदेश मन्त्री, सांसद, बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?