logo
२०८१ बैशाख १७ सोमवार



चार दिनको अन्तरमा गर्भवती र सुत्केरीको हेलिकोप्टरबाट उद्धार

खुला |
समाज |


चार दिनको अन्तरमा गर्भवती र सुत्केरीको हेलिकोप्टरबाट उद्धार
व्यथाले थलापरेकी महिलाको हेलिकोप्टरबाट उद्धार हुँदै । तस्बिर - राजन रावत, हुम्ला



राजन रावत
हुम्ला, फागुन ७ गते । हिमाली जिल्ला हुम्लाबाट चार दिनको अन्तरमा एक जना गर्भवती र अर्की एक जना सुत्केरीको हेलिकोप्टरबाट उद्धार गरिएको छ । चार दिनअघि सुत्केरी भएर शरीर सुनिएकी महिलाको उद्धार गरेको लामो समय नबित्दै शनिबार एका बिहानै अर्की प्रसव व्यथा लागेकी महिलाको उद्धार गरिएको हो ।

चंखेली गाउँपालिका–४ को तल्लोपालीकी तीन दिनसम्म प्रसव व्यथा लागेकी २५ वर्षीया लालकला बोहरालाई हेलिकोप्टरबाट उद्धार गरिएको स्वास्थ्य सेवा कार्यालयकी वरिष्ठ अनमी सरिता बोहराले बताउनुभयो ।

उहाँलाई स्वास्थ्य चौकीमा ल्याएको भए पनि जटिल केश भएको कारण हेलिकोप्टरबाट प्रदेश अस्पताल सुर्खेत उद्धार गर्नुपरेको हो । उहाँले बिहानै स्थानीय प्रशासनको समन्वयमा हेलिकोप्टर झिकाउन सफल भएको बताउनुभयो । गर्भवती बोहराको बच्चाको हात पहिले नै बाहिर निस्केको कारण केश जटिल भएकाले जिल्लाका उपचार गर्न नसकिने भएपछि बाहिर रिफर गर्नुपरेको उहाँले बताउनुभयो ।

सुत्केरी हुन नसकेकी बोहराका श्रीमान् गोर्ख बोहराले सरकारी प्रयासले मात्र श्रीमतीको ज्यान जोगाउन सकिएको बताउनुभयो । यही सालमा केही महिनाअघि दुई जना व्यथाले थलिएका गर्भवती महिलाको उद्धार गरेर ज्यान बचाउन सफल भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?