logo
२०८१ जेष्ठ ३ बिहीवार



बाघको आक्रमणबाट बृद्धको मृत्यु

खुला |
प्रदेश |


बाघको आक्रमणबाट बृद्धको मृत्यु
फाइल तस्विर


सिराज खान
नेपालगञ्ज, फागुन ७ गते । बाँकेको राप्तीसोनारी गाउँपालिका ६ फत्तेपुरमा बाघको आक्रमणमा एक जना बृद्धको फेरि मृत्यु भएको छ । राप्तीसोनारी ६ निवासी करिब ६० वर्षीय धनबहादुर चलाउनेलाई शनिबार बिहान बाघले आक्रमण गरेपछि उहाँको मृत्यु भएको हो ।

करिब एक महिनाअघि पनि वडा नम्बर ६ कै २९ वर्षीया चाँदनी थारु र राप्तीसोनारी ४ पर्सोना निवासी ५३ वर्षीया लीला बिष्टको पनि बाघको आक्रमणबाट मृत्यु भएको थियो । बाघले शनिबार बिहान फत्तेपुरस्थित राप्तीपीडित सामुदायिक वन अन्तर्गत पर्ने सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहरको छेउमा ६० वर्षीय चलाउनेलाई आक्रमण गरेको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले बताउनुभयो ।

उहाँका अनुसार बाघले चलाउनेलाई जंगलभित्र करिब ५ सय मिटर टाढा घिसारेर लगेको थियो । गाउँलेहरु जंगल पुगेपछि बाघले शवलाई छाडेर भागेको स्थानीयले बताएका छन् । सामुदायिक वन समूहले उपभोक्ताका लागि शनिबार दाउरा, घाँस खोलेको थियो ।

दाउरा, घाँस काट्न सामुदायिक वन क्षेत्रमा करिब पच्चीस तीस जना स्थानीयहरु शनिबार बिहान जंगल पसेका थिए । बाघलाई देखेपछि कोही रुखमा चढेर ज्यान जोगाए, कोही भागेर ज्यान जोगाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?