logo
२०८१ जेष्ठ ८ मंगलवार



कृषकलाई बंगुरका पाठापाठी वितरण

खुला |
प्रदेश |


कृषकलाई बंगुरका पाठापाठी वितरण


अर्जुन काफ्ले
स्याङ्जा, फागुन ७ गते । गल्याङ नगरपालिकाका कृषकलाई एक हजार सातसय बंगुरका पाठपाठी वितरण गरिएको छ । किसानसँग लागत साझेदारीमा आधारित अनुदान वितरण कार्यक्रम अन्तर्गत बंगुरका पाठापाठी वितरण गरिएको हो ।

नगरपालिकाले ११ वटै वडामा किसानको मागको आधारमा बंगुरका पाठापाठी वितरण गरेको जनाएको छ । गल्याङ नगरपालिका ७ मा रहेको कल्लेरी कृषि सहकारी संस्थामार्फत लागत साझेदारीमा बंगुरका पाठापाठी वितरण गरेको नगरपालिका प्रमुख भूपराज अधिकारीले बताउनुभयो ।

अनुदान वितरण कार्यक्रममा सहकारीलाई सहभागी गराउने नीतिअनुसार जिम्मा दिएको उहाँले बताउनुभयो । नगरप्रमुख अधिकारीले दूध उत्पादनका साथै मासुमा पनि गल्याङलाई आत्मनिर्भर बनाउने कार्यक्रम ल्याइएको बताउनुभयो । अहिले वितरण गरिएको पाठापाठीबाट अर्को वर्षमा दश हजार पाठापाठी र तीन करोडको मासु उत्पादन हुने अपेक्षा गरिएको अधिकारीले बताउनुभयो ।

दुई वर्षमा दुई अर्ब रुपियाँको बंगुरको मासु र पाठापाठी उत्पादन गर्ने लक्ष्य राखिएको अधिकारीको भनाई छ । किसानका माग भएअनुसार बंगुरका पाठापाठी वितरण गरिएको जानकारी दिदै बंगुरपालक किसानका लागि तालिमको पनि व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले बताउनुभयो ।

बंगुरका लागि निःशुल्क विमा, निःशुल्क खोप र जुकाको औषधी (ड्रेञ्चिङ) को पनि व्यवस्था गरिएको शर्माले बताउनुभयो । ११ वटै वडामा पुगेर बंगुरका पाठापाठी वितरण गरेको कल्लेरी कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष कुमार रानाले बताउनुभयो । एउटा बंगुरको पाठापाठीलाई छ हजार रुपियाँ पर्नेमा ५० प्रतिशत नगरपालिकाको अनुदान र ५० प्रतिशत किसानको लागत साझेदारीमा बितरण गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?