logo
२०८१ बैशाख १८ मंगलवार



१२६ किलो गाँजासहित दुई जना पक्राउ

खुला |
प्रदेश |


१२६ किलो गाँजासहित दुई जना पक्राउ


जनार्जन खत्री
सर्लाही, फागुन ७ गते । प्रहरीले सर्लाहीको नवलपुरबाट शनिबार बिहान ठूलो परिमाणमा लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पश्चिमबाट पूर्वतर्फ आउँदैगरेको प्रदेश ३–०१–०२४ च ७५९१ नम्बरको पिकअप गाडीमा माछा बोक्ने ड्रमभित्र लुकाएर ल्याइएको गाँजासहित दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा गाडीचालक धादिङको सिद्धलेक गाउँपालिका –६, बस्ने २२ वर्षीय सुरेन्द्र विक र सोही गाडीमा सवार मकवानपुरको कैलाश गाउँपालिका –२, बस्ने ४८ वर्षीय भीमलाल मोक्तान छन् ।

माछा बोक्ने प्लाष्टिकका दुईवटा ठूला ड्रमभित्र लागूऔषध गाँजा लुकाई ल्याउँदैगरेको सुराकीको आधारमा लालबन्दी नगरपालिका –१, स्थित भवानी हेल्थकेयर अगाडि सो गाडीलाई रोकेर चेकजाँच जर्दा गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिनुभयो ।

बरामद गरिएको गाँजा मकवानपुरतर्फबाट ल्याइएको हुनसक्ने प्रहरीको आशङ्का छ । प्रहरीले गाडी चालक विक र गाँजा ओसारपसारमा संलग्न मोक्तानको साथबाट ८५ हजार नगद र दुई थान मोवाइल बरामद गरेको बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?