logo
२०८१ बैशाख २१ शुक्रवार



सातामा २६ जना भुस्याहा कुकुरबाट पीडित

खुला |
प्रदेश |


सातामा २६ जना भुस्याहा कुकुरबाट पीडित


हरि कोइराला
उर्लाबारी, फागुन ७ गते । मोरङ रङ्गेली नगरपालिका ७ स्थित शुक्रवारे तथा लबटाली टोलमा भुस्याहा कुकुरको आतङ्क बढेको छ । बहुला कुकुरको टोकाईबाट दुई बालिका सख्त घाइते भएका छन् । रङ्गेली –७ का सन्जय मंण्डलकी १२ वर्षकी छोरी आँचलकुमारी मंण्डललाई गत बिहिवार घरमै बसिरहेको अबस्थामा बहुला कुकुर घरभित्र छिरेर आक्रमण गरी उनको निधार र गालामा टोकी घाइते बनायो । सोहि कुकुरले बिनोद मंण्डलकी ११ बर्षीया छोरी लक्ष्मी मंण्डललाई टोकेर घाइते बनायो ।

भुस्याहा कुकुरको आतङ्क बढेपछि घरका खसी बाख्रालाई जोगाउन समेत हम्मे भएको आँचलका बुबा सञ्जयले बताउनुभयो । केही महिनाअघि घरमा पालेको बाख्रालाई चारैतिरबाट घेरेर कुकुरले मारेको सञ्जयले बताउनुभयो । अहिले बहुला कुकुरले खसी बाख्रा, साना बाछाबाछी र गाईलाई समेत टोक्नेगरेको स्थानीय श्याम कार्कीले बताउनुभयो । नगरपालिकाले भुस्याहा कुकुरको नियन्त्रण नगरे ठूलो दुर्घटना हुने स्थानीयको भनाई छ ।

अहिले गाउँघरतिर भुस्याहा कुकुरको विगविगी रहेको स्थानीयले बताएका छन् । रातीको समय गाउँघरतिर घरबाहिर निस्कन सक्ने अवस्था पनि नरहेको उहाँहरुको भनाई छ । मोटरसाईकलमा यात्रा गर्दा समेत कुकुरले झम्टिनेगरेको स्थानीय लक्ष्मण मंण्डलले बताउनुभयो ।

रङ्गेली अस्पतालका डाक्टर अरुण भट्टराईकाअनुसार विगतमा कुकुरको टोकाईबाट घाइते भएर उपचार गर्न आउनेको सङ्ख्यामा कमी थियो । तर केही दिन यता ४ देखि ५ जना बिरामी हरेक साता आउने गरेको उहाँले बताउनुभयो । कुकुरले साना बालबालिका र साना पश्ु चौपायलाई बढी आक्रमण गरिरहेको स्थानीयको भनाई छ ।

रङ्गेली अस्पतालमा साता दिनमा २६ जनालाई कुकुरले टोकेर उपचारका लागि अस्पताल भर्ना भएको डाक्टर भट्टराईले बताउनुभयो । पथरीशनिश्चरे नगरपालिकाले भुस्याहा कुकुरको स्थायी नियोजन गर्ने कार्यक्रम दुई वर्षदेखि सञ्चालन गर्दैआएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?