logo
२०८१ जेष्ठ ८ मंगलवार



हिउँ पन्छाएपछि मनाङको सडक खुल्यो

खुला |
प्रदेश |


हिउँ पन्छाएपछि मनाङको सडक खुल्यो
हिमाली जिल्ला मनाङको सडक हिउँ पन्छाएपछि । तस्बिरः बेलिना थापा



बेलिना थापा
लमजुङ, फागुन ८ गते । हिउँ पन्छाएपछि हिमाली जिल्ला मनाङको सडक खुलेको छ । हिमपातका कारण अवरुद्ध सडकको हिउँ सफा गरेपछि सवारीसाधन आवातजावत हुन थालेको छ ।

मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्याका अनुसार डुम्रे–बेँसीसहर–चामे सडक योजनाको एक्साभेटरले सडक सरसफाई गरेपछि सडक खुलेको हो । हिमपातका कारण सडकमा २ फिटसम्म हिउँ जमेको थियो ।

हिउँका कारण करिव एक महिनादेखि सवारी आउजाउ हुन सकेको थियो । बिहीबारबाट सवारी आउजाउ हुन थालेको उहाँले बताउनुभयो । एक्साभेटरले नासों गाउँपालिका नौ दानाक्यूदेखि चामेसम्मको सडक र चामेदेखि मनाङ ङिस्याङ गाउँपालिका एक पिसाङसम्को सडक खुला भएको छ । करिव ४० किलोमिटर सडकको हिउँ सफा गरेको आचार्यले बताउनुभयो ।

आइतबारसम्म मनाङ ङिस्याङ गाउँपालिकाको केन्द्रसम्म सफा गरिसक्ने बताउनुभयो । मनाङका प्रहरी नायव उपरीक्षक सुवास खड्काका अनुसार मनाङ सडकको हिउँ सफा गर्ने काम भइरहेको छ । सडकमा हिउँ थुप्रिएकाले सवारी ठप्प हुँदा नागरिक र पर्यटकलाई असहज भएको थियो ।

सडक खुलेपछि सबैलाई सहज भएको उहाँले बताउनुभयो । हिमपातले सडक अवरूद्ध भएपछि खाद्यान्न ढुवानीमा समस्या भएको गुनासो गर्दै आएका स्थानीय सडक खुलेपछि खुसी भएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?