logo
२०८१ जेष्ठ ३ बिहीवार



राप्तीसोनारीमा बाघसँग सङ्घर्ष गरेर वकिलले ज्यान जोगाए

खुला |
प्रदेश |


राप्तीसोनारीमा बाघसँग सङ्घर्ष गरेर वकिलले ज्यान जोगाए


सिराज खान
नेपालगञ्ज, फागुन ८ गते । बाँकेमा आइतबार बाघले फेरि एक स्थानीयमाथि आक्रमण गरेको छ । आइतबार दिउँसो १२ बजेको समयमा राप्तिसोनारी गाउँपालिका ७ झगडियाका एक स्थानीय बासिन्दामाथि बाघले आक्रमण गरेर घाइते बनाएको हो ।

बाघसँगको दोहोरो लडाइँमा राप्तिसोनारी गाउँपालिका ७ झगडियाका २८ वर्षीय वकिल गद्दीले बाघमाथि जित हासिल गरी नयाँ जीवन पाउनुभएको छ । स्थानीय मन्डफवा सामुदायिक वन उपभोक्ता समूहको जङ्गलमा दिउँसो १२ बजेतिर घाँसदाउरा खोज्न गएको बेला बाघले आक्रमण गरेको घाइते वकिलले बताउनुभयो ।

उहाँका अनुसार केही समयसम्म बाघसँग दोहोरो लडाइँ भयो । तत्पश्चात् बाघले उहाँलाई भुइँमा पल्टाएर घाँटीबाट रगत चुस्न थालेपछि उहाँ बेहोस हुनुभयो । घाँसदाउरा गर्न सँगसँगै गएका अन्य उहाँका साथीहरुले होहल्ला गरेपछि बाघ त्यहाँबाट भागेको गद्दीले बताउनुभयो ।

बाघले उहाँको घाँटीको अगाडि र पछाडि दुबैतिर प्वाल पारेको छ । स्थानीयको सहयोगमा अहिले उहाँको भेरी अस्पताल नेपालगञ्जको आकस्मिक कक्षमा उपचार भइरहेको छ । अस्पताल पुगेपछि मात्र उहाँको होस खुलेको भेरी अस्पतालले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?