logo
२०८१ जेष्ठ ४ शुक्रवार



घरदैलोमा खोप र भत्ता पाउँदा ज्येष्ठ नागरिक खुसी

खुला |
प्रदेश |


घरदैलोमा खोप र भत्ता पाउँदा ज्येष्ठ नागरिक खुसी


अमरराज नहर्की
तनहुँ, फागुन ८ गते । तनहुँको एक वडाले अशक्त ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमा नै गएर कोरोनाविरुद्धको खोप र सामाजिक सुरक्षाभत्ता प्रदान गरेको छ । सहज रुपमा सेवा पाएपछि ज्येष्ठ नागरिकहरु खुसी हुनुभएको छ ।

भिमाद नगरपालिका –९ का वडाध्यक्ष ईमानबहादुर थापाले बैंकसँगको सहकार्यमा भत्ता र आधारभूत स्वास्थ्य केन्द्रको सहयोगमा सो सुविधा प्रदान गरिएको बताउनुभयो । टोल टोलमै गएर भत्ता वितरण गर्दा स्थानीयहरु खुशी हुनुभएको उहाँले बताउनुभयो ।

‘घरदैलोमा नै सेवा पु¥याउने सङ्घीयताको मर्मअनुसार वडा कार्यालयमा आउन सक्नेलाई वडामै र नसक्नेलाई टोलमै गएर सेवा प्रदान गरेका हौं’ वडाध्यक्ष थापाले भन्नु्भयो । मेगा बैंक भिमाद शाखासँगको सहकार्यमा १५५ जनालाई वडा र टोलबाट भत्ता वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

भत्तासँगै ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको बुस्टर खोप पनि लगाइएको वडाध्यक्ष थापाले जानकारी दिनुभयो । दोस्रो त्रैमासिकको सामाजिक सुरक्षा भत्ता बाँडिएको थियो । धेरैजना शारीरिक समस्याका कारण गाडी चढेर भिमाद बजार पुगेर बैंंकमा लाइन बसेर भत्ता बुझ्न नसक्ने अवस्थाको हुनुभएकाले घरदैलोमा सेवा प्रदान गरिएको उहाँले बताउनुभयो ।

सङ्घीयताको मर्मअनुसार सिंहदरबारको अधिकार गाउँमै पाएको प्रत्याभूत गराउन सुविधा प्रदान गर्न वडाध्यक्ष थापाले वडाका ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीलाई आफू निर्वाचित भएर आएलगत्तै घरघरै र टोलटोलमै उपलब्ध गराउँदै आएको वडा कार्यालयले जनाएको छ ।

२६२ जना ६५ वर्ष उमेर माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको तेस्रो डोज खोप लगाइएको छ । आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले घरदैलोमा नै पुगेर बुस्टर खोप लगाइदिनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?