logo
२०८१ बैशाख १५ शनिवार



जुधेर मर्न थाले निकुञ्जमा गैंंडा, सात महिनामा सात मरे

खुला |
प्रदेश |


जुधेर मर्न थाले निकुञ्जमा गैंंडा, सात महिनामा सात मरे


शालिग्राम नेपाल
चितवन, फागुन ८ गते । चितवन राष्ट्रिय निकुञ्मा गैंडा धेरै भएपछि एक आपसमा जुधेर मर्नेक्रम बढ्दैगएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले गैंडाको सख्या वृद्धि भएपछि जुध्ने घटना वढेको बताउनुभयो । निकुञ्जको अनुसार साउन यता सात महिनामा एक आपसमा जुधेर ७ वटा गैंडा मरेका छन् ।

एक आपसमा जध्नु पर्ने अवस्था आउनुको मुख्य कारण संख्या धेरै भएर हो प्रमुख संरक्षण अधिकृत आचार्यले भन्नुभयो ‘एकै क्षेत्रमा बास बस्ने, प्रजनन् र अन्य कारणले भेट हुने हुँदा जुध्नेक्रम वढेको छ, अधिकांश गैंडा जुधेर मर्नेगरेका छन् ।’ कमजोर भएकालाई बलियोले आक्रमण गर्दा मर्नेगरेको उहाँले बताउनुभयो ।

यो घटना हामीले राक्न सक्दैनो उहाँले भन्नुभयो । निकुञ्जको पूर्वी क्षेत्रमा वाढी र अन्य कारणले घाँसे मैदान मासिएको छ । पश्चिम क्षेत्रमा घाँसे मैदान भएको र त्यहाँ गैंंडाको बास भएकाले घटना धेरै भएको छ उहाँको भनाई छ । घाँसे मैदानलाई निकुञ्जको सवै क्षेत्रमा विस्तार गर्ने तयारी भएको उहाँले बताउनुभयो ।

निकुञ्जकाअनु्सार प्राकृतिक र चोरी शिकारीका कारण सात महिनामा २७ गैंडा मरेका छन् । अन्य कारणले २५ र चोरी शिकारीले दुइ वटा गैंडाको ज्यान गरेको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले भन्नुभयो “चोरी शिकारीलाई नियन्त्रण गरेपनि अन्य कारणले गैंडा मर्नेक्रमलाई रोक्न कठिन भएको छ ।” निकुञ्जको विवरणमा २०७४ सालमा विभिन्न कारणले ४३ वटा गैंडा मरेका थिए ।

निकुञ्जको विवरणअनुसार ७ वटा गैंडा दलदलमा भासिएर मरेका छन् । वाढीले बगाएर, मानव निर्मित स्थानमा फसेर, वाघले आक्रमण गरेर, प्रकृतिक रुपमा वृद्ध भएर मरेका छन् । प्राकृतिक रुपमा मर्नेबाहेक जुधेर, बाघले आक्रमण गरेर मर्नेमा गैंडाको सख्या धेरै भएको निकुञ्जका पदाधिकारीले जनाएका छन् ।

चितवन निकुञ्जमा अहिले ६९४ गैंडा रहेको पदाधिकारीकारीहरुको भनाई छ । यस अगाडि भएको तथ्याङ्कमा ६०५ वटा गैंडा थिए । नेपालमा गैंडाको सख्या ७५२ रहेको निकुञ्जका प्रमुख आचार्यले जानकारी दिनुभयो । अहिलेको संख्या गत वर्षको विवरणभन्दा एकसय धेरै छ उहाँले भन्नुभयो, “गैंडा धेरै भएपछि मृत्युको संख्या पनि वृद्धि हुन्छ । एक वर्ष अगाडि भएको गणनामा त्यसबीचमा धेरैले बच्चा जन्माएका छन् ।”

निकुञ्जका संरक्षण अधिकृत अचार्यकाअनुसार भाले गैंडाको सख्या वृद्धि भएका कारण पनि एक आपसमा जुध्ने घटना बृद्धि भएको छ । जुधेर मर्नेमा तीन वटा भाले तीन वटा पोथी रहेको उहाँको भनाई छ । एउटा पोथी भालेको आक्रमणमा मरेको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?