logo
२०८१ बैशाख २२ शनिवार



उदयपुरमा तीन दिनमा तीन बलात्कारका घटना

खुला |
प्रदेश |


उदयपुरमा तीन दिनमा तीन बलात्कारका घटना


भोटराज राई
उदयपुर, फागुन ८ गते । उदयपुरमा तीन दिनमा लगातार तीन वटा बलात्कारका घटना सार्बजनिक भएका छन् । तीन घटनामध्ये दुईवटा घटनामा महिला गर्भवती भइसकेको अवस्था रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले बताउनुभयो ।

फागुन ५ गते देखिको लगातार तीन दिन यता बलात्कारको घटना सार्बजनिक भएको प्रहरीको भनाई छ । गौतमकाअनुसार तीनै घटना नजिकको साइनो पर्ने आफन्तबाट भएका छन् । छोरी सौतेलो बाबुबाट, भतिजिनी आप्mनै काकाबाट र साली आप्mनै भिनाजुबाट बलात्कारमा परेको घटना बाहिर आएको छ उहाँले भन्नुभयो ।

जिल्लाको बेलका नगरपालिकामा सौतेलो बाबुबाट १४ वर्षिया छोरी, उदयपुरगढी गाउँपालिकामा भिनाजुबाट १६ वर्षिया साली र त्रियुगा नगरपालिकामा काकाबाट ११ वर्षिया भतिजिनी बलात्कारमा परेको प्रहरीले जनाएको छ । तीन घटनामध्ये बलात्कारका शिकार बनेका छोरी र साली गर्भवती अवस्थामा छन् । एक जना चार महिना र अर्को सात महिनाको गर्भवती रहेको प्रहरीको भनाई छ ।

तीनै घटनाका आरोपित पुरुषलाई प्रहरीले पक्राउ गरी कारवाही अगाडि बढाएको जनाएको छ । प्रहरीले पीडित पक्षको उजुरीको आधारमा आरोपितहरुलाई पक्राउ गरेको बताएको छ । अनुसन्धानबाट तीनै घटना प्रलोभन र धम्की दिएर भएको पाइएको प्रहरीको भनाई छ ।

चालु आर्थिक वर्ष सुरु भए यता जिल्लामा २१ बलात्कारका घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् । त्यसमध्ये १० वर्ष मुनी उमेरका दुई, १० देखि १८ वर्ष उमेर समुहका आठ र १८ वर्ष माथिका एघारवटा बलात्कारका घटना भएका छन् । त्यसमध्ये अधिकांश आफन्तबाट बलात्कारमा परेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?