logo
२०८१ जेष्ठ ३ बिहीवार



वन्यजन्तु उपचार केन्द्रमा हिमाली गिद्धको उपचार गरिदै

खुला |
प्रदेश |


वन्यजन्तु उपचार केन्द्रमा हिमाली गिद्धको उपचार गरिदै


गोकर्ण पौडेल
तुलसीपुर, फागुन ८ गते । घोराही उपमहानगरपालिका ४ मा उड्न नसक्ने अवस्थामा रहेको हिमाली गिद्धको डिभिजन वन कार्यालयले उद्धार गरेको छ । आहाराका लागि त्यहाँ आएको गिद्ध उड्न नसकेपछि उद्धा गरिएको हो ।

पार्यवरणीय दिगो विकास एवम अनुसन्धान केन्द्रले तुलसीपुर उपमहानगरपालिका १८ हेमन्तापुरमा सञ्चालनमा ल्याइएको वन्यजन्तु उपचार केन्द्रमा राखेर उपचार थालेको छ । केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतले गिद्धको जिउमा उपियाँ परेर उड्न नसकेकाले भेटेनरी डाक्टरको परामर्शमा उपचार थालिएको बताउनुभयो ।

गिद्धले धेरै दिनसम्म पानी र आहारा समेत नपाएकाले केन्द्रमा ल्याएसँगै आहारा खुवाउन सुरु गरिएको छ । वन्यजन्तु उपचार केन्द्रमा यसअघि लोपोन्मुख अवस्थामा पुगेको डंगर गिद्धको प्रारम्भिक उपचारपछि चितवन पठाइएको थियो । केन्द्रले तुलसीपुर उपमहानगरपालिका १८ को वडा कार्यालयको सहयोगमा वन्यजन्तु उपचार केन्द्र स्थापना गरेको बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?