logo
२०८१ जेष्ठ ३ बिहीवार



पटाका पड्काउँदा गोठमा आगलागी

खुला |
प्रदेश |


पटाका पड्काउँदा गोठमा आगलागी


जानु पाण्डे
कपिलवस्तु, फागुन ८ गते । विवाहमा आएका जन्तीले पटाका पड्काउँदा गोठमा आगलागी भएको छ । आगलागीमा परी कपिलवस्तुमा एक जना घाइते हुनुभएको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका १० सितलापुर गाउँमा राति पौने १० बजे एउटा गोठमा आगलागी भएको छ । आगो सल्किएपछि निभाउनेक्रममा स्थानीय वर्ष ३८ का राजेश यादव घाइते हुनुभएको हो ।

आगलागीबाट चन्द्रभाल यादवको गोठ जलेर क्षति भएको छ । गोठमा रहेका ३ भैँसी र १ बाच्छो आगोले घाइते भएको यादवले बताउनुभयो । गोठबाट पशु चौपायालाई निकाल्ने क्रममा यादव घाइते भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

यादवलाई उपचारको लागि भैरहवा मेडिकल कलेज पठाइएको छ । शिवराज नगरपालिकाको दमकल प्रयोगपछि आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?