logo
२०८१ बैशाख १८ मंगलवार



फुलजोर खोलाको पुल निर्माण अन्तिम चरणमा

खुला |
प्रदेश |


फुलजोर खोलाको पुल निर्माण अन्तिम चरणमा


जनार्जन खत्री
सर्लाही, फागुन ९ गते । सर्लाहीको फुलजोर खोलामा निर्माण भइरहेको पुलको काम अन्तिम चरणमा पुगेको छ । लालबन्दी नगरपालिका –३, जब्दी र ईश्वरपुर नगरपालिका –९, रामपुर जोड्नेगरी फुलजोर खोलामा निर्माणाधीन पुलको काम अन्तिम चरणमा पुगेको ईश्वरपुर नगरपालिका –९, का वडाध्यक्ष श्यामबहादुर थापाले जानकारी दिनुभयो ।

सङ्घीय सरकारको लगानीमा निर्माण भइरहेको सो पुल आगामी बैशाखसम्म तयार गरेर हस्तान्तरण गर्नेगरी काम भइरहेको निर्माण कम्पनिले जनाएको छ । पुल निर्माणका लागि पप्पु शिवशङ्कर जेभीले १२ करोड रुपियाँमा ठेक्का सकार गरेको छ । गत असारमा पुलको एउटा स्पान बाढीका कारण धसिएपछि निर्माणकार्य ठप्प भएको थियो ।

अहिले पुनः काम सुचारु भएको वडाध्यक्ष थापाले बताउनुभयो । ठेकेदारलाई जतिसक्दो चाँडो पुल निर्माणको काम पूरा गर्न भनेको उहाँले बताउनुभयो । लालबन्दी नगरपालिका र ईश्वरपुर नगरपालिकालाई जोड्ने फुलजोर खोलाको पुल निर्माण भएपछि वर्षायाममा खोला वारपार गर्न सहज हुने अपेक्षा गरिएको छ । स्थानीयवासीले पुल निर्माण सुरु भएको लामो समयसम्म निर्माण पूरा नभएको भन्दै गुनासो गर्र्दै आइरहेका छन् ।

पप्पु शिवशङ्कर जेभीका प्रतिनिधि मनोजकुमार साहले आगामी वैशाखसम्म जसरी पनि पुल निर्माणको काम पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो । निर्माणको अन्तिम चरणमा पुगिसकेको पुलमा बाढी आएर क्षति पु¥याएपछि घाटा बेहोर्नुपरेको गुनासो गर्दै साहले सहमतिअनुसार वैशाखसम्ममा पुल निर्माण गरेर हस्तान्तरण गर्नेगरी काम भइरहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?