logo
२०८० चैत्र १६ शुक्रवार



कुटपिटले घाइते युवकको उपचारको क्रममा मृत्यु

खुला |
प्रदेश |


कुटपिटले घाइते युवकको उपचारको क्रममा मृत्यु


अविनाश चौधरी
धनगढी, फागुन ९ गते । विवाह कार्यक्रममा भएको विवादपछि कुटपिटले गम्भीर घाइते भएका कैलालीका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । भजनी नगरपालिका–९ का २५ वर्षीय बसन्त चौधरीको उपचारको क्रममा आइतबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ ।

सोही ठाउँमा विवाह भइरहेकाबेला उहाँमाथि कुटपिट भएको थियो । बसन्तसहितका युवा विवाहमा सँंगसँगै नाचगान गर्नेक्रममा विवाद उत्पन्न भइ कुटाकुट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

कुटपिटबाट घाइते बसन्तलाई राति नै उपचारका लागि सुखडस्थित घोडाघोडी अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि ८ गते विहान कोहलपुर रिफर गरिएको थियो । कोहलपुरमा उपचारकै क्रममा चौधरीको ज्यान गएको प्रहरी नायब उपरीक्षक जोशीले बताउनुभयो ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । एक जनालाई घटना भएकै दिन र चार जनालाई आज पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक जोशीले जानकारी दिनुभयो । पक्राउ परेकाहरुको प्रहरीले अहिले नाम खुलाएको छैन । मुद्दा दर्तापछि उनीहरुलाई सार्वजनिक गरिने जोशीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?