logo
२०८१ बैशाख ७ शुक्रवार



टिप्पर दुर्घटना हुँदा सात विद्यार्थीको मृत्यु, १५ जना घाइते

खुला |
प्रदेश |


टिप्पर दुर्घटना हुँदा सात विद्यार्थीको मृत्यु, १५ जना घाइते


गोकर्ण दयाल
बैतडी, फागुन ९ गते । ग्रामीण सडकमा विद्यार्थी बोकेर हिँडेको निर्माण व्यवसायिको टिप्पर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । १५ जना घाईते भएका छन् । दुर्घटनामा परी ज्यान गुमाएकामध्ये ४ जनाको सनाखत भएको छ । बैतडीको पाटन नगरपालिका–३, गुरुडा स्थित सिगास माबिका विद्यार्थी टिप्पर चढेर घर फर्किदै गर्दा सोमबार अपरान्ह ४ः३० बजे पाटन नगरपालिका –३, डमोरा भन्ने स्थानमा दुर्घटना हुँदा घटनास्थलमै पाँच जना र दुई जनाको उद्धार गरेर ल्याउने क्रममा मृत्यु भएको यातायात व्यवसायी दिने बिष्टले बताउनुभयो ।

टिप्परमा २५ जना विद्यार्थी चढेर घर फर्किरहेको बताइएको छ । प्रत्यक्षदर्शीकाअनुसार टिप्परमा कक्षा २ र कक्षा ५ मा अध्ययनरत साना बालबालिका रहेका छन् । टिप्पर चालक फरार भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय पाटनबाट टोली परिचालन गरिएको प्रहरीले जानकारी दिएको छ । घटनाको थप विवण आउँन बाँकी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?