logo
२०८१ बैशाख ११ मंगलवार



चालककी श्रीमती मृत फेला

खुला |
प्रदेश |


चालककी श्रीमती मृत फेला


लोकेन्द्र जोशी
दार्चुला, फागुन ९ गते । दार्चुलामा एक जना गाडी साहुको घरमा चालककी श्रीमती मृत फेला पर्नुभएको छ । शैल्यशिखर नगरपालिका –४ घर भएकी २२ वर्षीया कमला ठगुन्नाको शव नौगाड गाउँपालिका –६ बस्ने सङवा ठगुन्नाको घरमा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबम् प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिनुभयो ।

गाडीसाहु सङवा ठगुन्नाको घरमा सवारीचालक रहेका मृतक ठगुन्नाका श्रीमान प्रेमसिँह ठगुन्नाले डेरा लिई बस्दैआउनुभएको थियो । प्रेमले सङवा ठगुन्नाको गाडी चलाउने गरेको प्रहरी निरीक्षक विश्वकर्माले बताउनुभयो ।

कमला श्रीमानलाई भेट्न फागुन २ गते मात्रै सो घरमा गएको बुझिएको छ । आइतबार श्रीमान र गाडीसाहु सङवा धनगढी गएकाबेला श्रीमती कमला कोठामै मृत फेलापरेको उहाँले बताउनुभयो ।

मृतक कमलाको शव परीक्षणका लागि दार्चुलाकै गोकुलेश्वर अस्पतालमा राखिएको छ । मृतक कमलाका श्रीमान र गाडीसाहुलगायत सरोकारवाला सम्पर्कमै रहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक विश्वकर्माले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?