logo
२०८० चैत्र १६ शुक्रवार

  बैतडी दुर्घटना अपडेट  



मृतक तीन जनाकाे सनाखत ,छ जना घाइते

खुला |
प्रदेश |


मृतक तीन जनाकाे सनाखत ,छ जना घाइते


गोकर्ण दयाल
बैतडी, फागुन ९ गते । ग्रामीण सडकमा विद्यार्थी बोकेर हिँडेको निर्माण व्यवसायिको टिप्पर दुर्घटनामा परी मृत्यु हुने तीन जनाको सनाखत भएको छ । ६ जना गम्भीर घाइतेको उद्धार गरेर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

बैतडीको पाटन नगरपालिका –३, गुरुडास्थित सिगास माविका विद्यार्थी बा ३ ख ४८७९ नम्बरको टिप्पर चढेर घर फर्किदै गर्दा सोमबार अपराह्न ४ः३० बजे पाटन नगरपालिका –३, डमोरा भन्ने स्थानमा दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले बताउनुभयो ।

प्रहरी निरीक्षक शाहीकाअनुसार प्रहरी टोली घटनास्थल पुगेको छ । स्थानीय र यातायात व्यवसायीले दुर्घटनामा सात जनाको मृत्यु भएको जानकारी दिएपनि प्रहरीले तीन जनाको मृत्यु भएको जनाएको छ । ६ जना गम्भीर घाइते भएका छन् । टिप्पर चालक फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा पाटन नगरपालिका–३, जडाकोटका १२ वर्षीया ज्ञानु बिष्ट, सोही ठाउँका १७ वर्षीय अलीत अवस्थी र जनकराज पन्त रहेको प्रहरी निरीक्षक शाहीले बताउनुभयो । घाइतेको नामावली खुल्न बाँकी रहेको उहाँले बताउनुभयो ।

(नाेट : यस अघिकाे समाचारमा स्थानीय स्राेतले सात जनाकाे मृत्यु भएकाे जानकारी दिएकाे आधारमा समाचार सम्प्रेषण भएकाेमा क्षमाप्रार्थी छाैं : सम्पादक ) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?