logo
२०८१ जेष्ठ ३ बिहीवार



गाउँपालिका अध्यक्ष र प्रमुख अधिकृतमाथि अमानवीय व्यवहार

खुला |
प्रदेश |


गाउँपालिका अध्यक्ष र प्रमुख अधिकृतमाथि अमानवीय व्यवहार


सुजल श्रेष्ठ
प्युठान, फागुन ९ गते । प्युठानको मल्लरानी गाउँपालिका अध्यक्ष अमरध्वज राना र प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापामाथि बिप्लब माओवादीका कार्यकर्ताले दुव्र्यवहार तथा अमानवीय व्यवहार गरेका छन् । आज दिउँसो मल्लरानी गाउँपालिका –५ सरङकोटमा रहेको बिद्यालयको छलफलमा सहभागी भएकाबेला विप्लवका कार्यकर्ताले अध्यक्ष राना, प्रमुख प्रशासकीय अधिकृत थापालाई कालोमोसो दलेका हुन् ।

गोपीलाल सुनारसहितका विप्लवका कार्यकर्ताले मल्लरानी गाउँपालिकाका शिक्षा शाखा प्रमुख ठाकुरप्रसाद आचार्य, जिल्ला शिक्षा समन्वय इकाई प्रमुख शिवराज पण्डितलाई समेत कालोमोसो लगाएको प्रमुख प्रशासकीय अधिकृत थापाले जानकारी दिनुभयो ।

बिद्यालयको शिक्षण सहजीकरण बिषयमा छलफल चलिरहेकोबेला एक्कासी दुव्र्यवहार गरेको थापाले बताउनुभयो । विद्यालयको शिक्षण सहजीकरणका लागि जिल्लाबाट एक टोली आज विद्यालय पुगेको थियो । घटनापछि बोल्दै अध्यक्ष रानाले दोषीलाई तत्काल कारवाही गर्न माग गर्नुभयो ।

विद्यालयको विषयमा आफूहरु चिन्तित भएको भन्दै सहयोग गर्ने प्रतिवद्धता उहाँले जनाउनुभयो । समाजमा रहेका उट्पट्याङ व्यक्तिलाई आफैले कारवाही गर्न समेत उहाँले स्थानीयलाई आग्रह गर्नुभयो । घटनालगत्तै प्रहरी घटनास्थल पुगेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?