logo
२०८१ बैशाख १७ सोमवार



प्रजिअ परियारद्वारा कर्मचारीलाई निर्देशन

खुला |
प्रदेश |


प्रजिअ परियारद्वारा कर्मचारीलाई निर्देशन


राजन रावत
हुम्ला फागुन १० गते । जिल्लास्थित सरकारी कार्यालयका प्रमुख कर्मचारीहरुलाई भर्खर सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी सीता परियारले कार्यालयको कामबारेमा लिखित निर्देशन दिनुभएको छ । कार्यालयमा हाजीर भएको पहिलो दिन कार्यालय प्रमुखसँगको छलफलमा सो निर्देशन दिनुभएको हो ।

प्रजिअ परियारले कार्यालय प्रमुखसँगको छलफलपछि निर्णय गर्दै सरकारी कार्यालय प्रमुखहरुले कमविशेषले जिल्ला छोड्नु परेमा अनिवार्य रुपमा प्रमुख जिल्ला अधिकारीको अनुमति लिनुपर्ने निर्देशन दिनुभएको छ । कार्यालय प्रमुखहरु धेरै जनाले जिल्ला छोड्दा आफुखुसी जाने र गयल समेत रहेको देखिएको उहाँको भनाई छ ।

निर्वाचन पनि आउन लागेकाले कर्मचारी बिबरण माग्नु पर्ने, धेरै कार्यलय प्रमुख जिल्ला छोड्दा आफुखुसी जाने, हाजिरीमा समेत धेरै गयल देखिएपछि सो निर्णय गरिएको उहाँको भनाई छ । त्यसैगरी छलफल कार्यक्रममा सबै सरकारी कार्यालयहरुले कुल दरवन्दी संख्या, पदपुर्ती संख्या, रिक्त पद संख्या, करारमा रहेको कर्मचारी संख्याको बिबरण खुल्नेगरी तीन दिनभित्र प्रशासन कार्यालयमा पठाउन उहाँले निर्देश गर्नुभएको छ ।

सरकारी कार्यालयका कार्यालय प्रमुख र सुचना अधिकारीले अनिवार्य रुपमा सरकारी नम्बर रहेको मोवाईल प्रयोग गर्नुपर्ने, कार्यालयको वेभसाईट र फेसबुक नियमित सञ्चालन गर्नुपर्ने र त्यसमा कार्यालयद्वारा सम्पादन गरिने गतिविधिहरु अध्यावधिक गर्नुपर्ने, सबै कार्यालयले अनिवार्य रुपमा त्रैमासिक रुपमा तयार गरिएका गतिबिधिहरुको प्रतिबेदन सात दिनभित्र जिल्ला प्रशासन कार्यालयमा पेश गर्नुपर्ने समेत उहाँले निर्देशन दिनुभयो ।

जिल्लामा उपलब्ध कार्यालय प्रमुखहरुको छलफलमा सहभागिता थियो । प्रजिअ परियार जिल्लामा आए लगत्तै कार्यभार सम्हाल्दै नियमित काममा लाग्नु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?