logo
२०८१ मंसिर ६ बिहीवार



दैलेखमा ९२ सिँचाई आयोजना बन्दै

खुला |
प्रदेश |


दैलेखमा ९२ सिँचाई आयोजना बन्दै
नारायण नगरपालिका –४ सोतमा सिँचाई कुलो निर्माण गर्दै उपभोक्ता । तस्बिर– कमल शर्मा



कमल शर्मा
दैलेख, फागुन ११ गते । सिँचाइको अभावमा दैलेखमा अधिकांश खेतीयोग्य जमिन बाँझो छ । आकाशे पानीको भरमा खेती गर्दा उत्पादन कम हुने र जसका कारण खाद्यान्न अपुग हुने गरेको छ । आकाशे पानीको भरमा खेती गर्ने किसानका लागि कृषि विकास कार्यालय दैलेखमार्फत जिल्लाका ११ स्थानीय तहमा ९२ वटा सिँचाइ आयोजना तथा सिँचाइ पोखरी निर्माणको चरणमा रहेको जनाएको छ ।

कृषि विकास कार्यालयका अर्थविज्ञ झलक भण्डारीले दैलेखमा हाल सम्म ४३ हजार १२१ हेक्टर जमिन कृषि योग्य भएको जानकारी दिनुभयो । उहाँले ३४ हजार ४९७ हेक्टर जमिनमा खेती गर्ने गरेको आठ हजार हेक्टर जमिन ६३४ हेक्टर जमिन सिँचाइ अभावकै कारण बाँझो रहेको बताउनुभयो । उहाँका अनुसार कुल सिँचाइ हुने हेक्टर नौ हजार ५४८ हेक्टरमध्ये वर्ष भरी सिँचाइ हुने दुई हजार ५११ हेक्टर र मौसमी सिँचाई हुने सात हजार ३७ हेक्टर छ । २४ हजार ९४९ हेक्टर जमिन सिँचाइ सुविधा छैन । यही समस्यालाई विचार गर्दै कृषि बिकास कार्यालयले खेतियोग्य जमिनमा सिँचाइ सुविधा पु¥याएर उत्पादन वृद्धि गर्ने रणनीतिअनुसार सिँचाइ आयोजना निर्माण गर्न लागेको जनाएको छ ।

कृषि विकास कार्यालय दैलेखका कार्यालय प्रमुख नरेन्द्र थापाले ९२ वटा सिँचाइ आयोजनाको सम्झौता गरी कामहरु धमाधम भइरहेको बताउनुभयो । उहाँले धेरै सिँचाइ आयोजना निर्माण सम्पन्न भएको र केही अन्तिम चरणमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो सिँचाइ आयोजनाको गुणस्तर बढाउन प्रत्येक सिँचाइ आयोजनाको नियमित अनुगमन गरिएको र काम गुणस्तर नपाइएकामा तत्काल त्यसको मर्मत गर्न लगाइएको बताउनुभयो ।

उहाँले जिल्लामा लिफ्ट सिँचाइ आयोजना अन्र्तर्गत कर्णाली नदीबाट आठबिस नगरपालिका, छामघाट खोला नदीबाट भैरवी गाउँपालिका र महावु गाउँपालिका, लाहोरे खोलाबाट नौमुले गाउँपालिका, डुँगेश्वर गाउँपालिका र नारायण नगरपालिकामा सिँचाइ आयोजना निर्माण गर्न लागिएको कार्यालयले जानकारी दिनुभयो । उहाँले भन्नुभयो –सिँचाइ प्रणालीको निर्माणका लागि प्रदेश सरकार मार्फत् ८० लाख रकम विनियोजना भएको र स्थानीय सरकारको साझेदारीमा लिफ्ट सिँचाइ आयोजना निर्माण हुनेछन् ।
त्यस्तै, सिँचाइ सुविधाका लागि ५० वटाभन्दा बढी पोखरी निर्माण समेत गरेको जानकारी दिइएको छ । खेतियोग्य जमिन बाँझै हुनु र खेती गरिएको जमिनमा पनि न्यून उत्पादन हुँदा दैलेखमा आठ हजार मेट्रिक टन खाद्यान्न अभाव हुने गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?