logo
२०८१ जेष्ठ ३ बिहीवार



बुद्धभूमिमा स्वास्थ्य चौकी शिलान्यास

खुला |
प्रदेश |


बुद्धभूमिमा स्वास्थ्य चौकी शिलान्यास


जानु पाण्डे
कपिलवस्तु, फागुन ११ गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा स्वास्थ्य चौकी भवनको बुधबार यहाँ शिलान्यास गरिएको छ । सङ्घीय सरकारको १ करोड १६ लाख रुपियाँ अनुदानमा भवन निर्माण हुन लागेको हो ।

नेपाली काँग्रेस लुम्बिनी प्रदेश महामन्त्री तथा पूर्व सिँचाइ राज्यमन्त्री सुरेन्द्रराज आचार्यले भवनको शिलान्यास गर्नुभयो । शिलान्यास कार्यक्रममा नेता आचार्यले बुद्धभूमि नगरपालिकाले स्वास्थ्य क्षेत्रमा फड्को मार्दैगएको बताउनुभयो ।

निर्माण हुन लागेको भवन नेपाल सरकारको मापदण्डअनुसार निर्माण हुने बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशवकुमार श्रेष्ठले बताउनुभयो । नगरपालिका सामाजिक विकासको सूचकमा पछाडि परेको क्षेत्रमा सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन निर्माण हुने भएपछि सेवाग्राहीहरु खुसी भएका छन् ।

नगरपालिकाको १० मध्ये ३ स्वास्थ्य चौकीमा मापदण्ड अनुसारको भवन रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज सुवेदीले बताउनुभयो । निर्माण हुन लागेको भवनमा बर्थिङ सेन्टरसहितको सुविधा हुने बताइएको छ । निर्माणको ठेक्का गोरखनाथ कन्सट्रक्सन प्रा.लि. काठमाडौंंले पाएको नगरपालिकाका इन्जिनियर निकीता त्रिपाठीले बताउनुभयो । कम्पनीले असार मसान्तभित्र निर्माण सम्पन्न गरी नगरपालिकालाई हस्तान्तरण गर्ने बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?