logo
२०८१ बैशाख २२ शनिवार



माग पूरा नभएसम्म एमाले संसदीय छलफलमा भाग लिँदैन : पूर्वमन्त्री अर्याल

खुला |
राजनीति |
प्रदेश |


माग पूरा नभएसम्म एमाले संसदीय छलफलमा भाग लिँदैन : पूर्वमन्त्री अर्याल


अमृतप्रसाद पौडेल
बेनी, फागुन ११ गते । नेकपा (एमाले) का सचिव एवम् पूर्वमन्त्री पद्माकुमारी अर्यालले एमाले संसदमा पेश हुने कुनै पनि विषयको छलफलमा सहभागी नहुने बताउनुभएको छ । प्रेस चौतारी नेपाल म्याग्दी शाखाले आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रियामा सहभागी हुँदै पूर्वमन्त्री अर्यालले संसदमा पेस भएका कुनै पनि विधेयक तथा छलफलमा एमाले सहभागी नहुने बताउनुभयो ।

पूर्वमन्त्री, तथाा एमाले गण्डकी प्रदेश इन्चार्ज अर्याललाई पत्रकारले एमसीसी विषयमा धारणा माग गरेपछि उहाँले त्यस्तो बताउनुभयो । ‘एमाले पछिल्लो पाँच महिनादेखि संसदमा आफ्नो मागसहित विरोधमा उत्रिएको हुनाले छलफलभन्दा पहिला एमालेले आफ्नो माग पूरा होस् भन्ने चाहन्छ’ उहाँले थप्नुभयो ।

“एमालेले कुनै विषय आयो भने छलफलमा सहभागी हुने र अर्को विषय आएपछि विरोधमा उत्रने होइन पहिलो कुरा संसद् सञ्चालनका लागि सत्ता पक्षले वातावरण बनाउन प¥यो अनि त्यसपछि मात्रै अन्य मुद्दामा एमाले छलफलमा सहभागी हुन्छ” उहाँले बताउनुभयो ।

अर्को एक अर्को प्रसँगमा पूर्वमन्त्री अर्यालले प्रधानन्यायाधीशलाई महाभियोग ल्याएर सत्ता गठबन्धनले न्यायालयलाई आफ्नो पक्षमा काम नगरेको खण्डमा यस्तै हाल हुन्छ भन्ने घुर्की देखाएको आरोप उहाँले लगाउनुभयो । एमालेको समर्थन बिना महाभियोग पास नहुने उहाँले बताउनुभयो । सत्तापक्षले महाभियोग ल्याएको भए पनि एमाले विरोधमै भएकाले छलफलमा सहभागी हुँदैन उहाँले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?