logo
२०८१ बैशाख २० बिहीवार



काँग्रेस सप्तरी सभापतिमा शत्रुधन यादवको दावी

खुला |
प्रदेश |


काँग्रेस सप्तरी सभापतिमा शत्रुधन यादवको दावी


माला कर्ण
कल्याणपुर, फागुन ११ गते । नेपाली काँग्रेस सप्तरीको आगामी फागुन १५ गते हुने जिल्ला अधिवेशनमा सभापति पदका लागि शत्रुघ्न यादवले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । शत्रुघ्न यादवले राजविराजमा पत्रकार सम्मेलन गरी सभापतिमा संस्थापन पक्षबाट उम्मेदवारी घोषणा गर्नुभएको हो ।

सभापति पदका आकांक्षी निर्मला यादवको पनि उहाँलाई समर्थन रहेको बताइएको छ । उम्मेदवारी घोषणा सभालाई सम्बोधन गर्दै काग्रेस सप्तरीका जिल्ला अध्यक्ष दिनेसकुमार यादवले बैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै सहमतिको वातावरण बनाउने प्रयासस्वरुप सत्रुधन यादवलाई जिल्ला सभापतिको उम्मेदवार बनाएको बताउनुभयो ।

यादवकाअनुसार ८४ सदस्यीय कार्यसमितिका लागि हुने निर्वाचनमा सबै पदमा सहमतिको आधारमा उम्मेदवारी दिइने तयारी गरिएको छ । सहमतिको वातावरण बनाउन इतर पक्षसँग आग्रह गर्दै उहाँले भन्नुभयोे, “सहमतिको वातावरण बनोस र सप्तरीबाट राम्रो सन्देश जाओस् भन्ने चाहना हो, सहमति नभए निर्वाचन बाट भएपनि चुनाव जित्छु ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?