logo
२०८१ बैशाख १७ सोमवार



अस्पताललाई सहयोग गर्ने सम्झौता

खुला |
प्रदेश |


अस्पताललाई  सहयोग गर्ने सम्झौता


राजन रावत
हुम्ला, फागुन ११ गते । बिगत तीन वर्षदेखि जिल्लाको स्वास्थ्य क्षेत्रमा काम गर्दैआएको निक साईमनले जिल्ला अस्पताललाई स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । यसअघि तीन वर्षदेखि अस्पताललाई सो सहयोग गर्दैआएको भएपनि अबधि सकिएका कारण नयाँ सम्झौता गरेर सहयोगलाई निरन्तरता दिएको हो ।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले आगामी पाँच वर्षसम्म अस्पताल लाई सहयोग गर्न आगामी पाँच वर्षका लागि द्वीपक्षीय सम्झौता भएको बताउनुभयो । सम्झौतामा कार्यालयको तर्फबाट कार्यालय प्रमुख सिंह र निक साईमन संस्थाका तर्फबाट कर्णाली प्रदेशका संयोजक जनार्दन पाठकले एक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

संयोजक पाठककाअनुसार सम्झौताअनुसार बिशेषगरी बिशेष सेवाका लागि चिकित्सक उपलब्ध गराउने, अन्य मेडिकल चिकित्सक र स्वास्थ्यकर्मीको पनि व्यवस्था गरिनेछ । त्यसैगरी अस्पतालका लागि आबश्यक उपकरणको पनि व्यवस्था कार्यक्रमवाट गरिनेछ । त्यसैगरी चिकित्सक तथा स्वास्यकर्मीका लागि आवासको व्यवस्थाका लागि सहयोग गर्ने भनिएको छ ।

त्यसैगरी चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आबश्यक तालिमको व्यवस्थाका लागि पनि आबश्यक सहयोग गरिने सम्झौतामा उल्लेख छ । यसका लागि निक साईमनले बार्षिक ७० लाख रुपियाँ बजेट बिनियोति गर्ने बताएको छ । यसले जनशक्ति व्यवस्थापनमा सहज हुनुका साथै अस्पतालका लागि उपकरण तथा अन्य सामग्री समेत प्राप्त हुनेछन् ।

यसवाट अस्पतालमा सेवा प्रबाह गर्न सहज हुनेछ । प्रमुख सिंहले सम्झौताले अस्पतालका लागि एउटा भरपर्दो सहयोगी निकाय भेटिएकाले उपचारका साथै जनशक्तिका लागि आबश्यक पर्ने तालिम र उपकरण सहज उपलब्ध हुने बिश्वास व्यक्त गर्नुभयो । सो अवसरमा सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामा र प्रमुख जिल्ला अधिकारी सरिता परियार लगायतको उपस्थिती थियो ।

निकको सहयोगले अस्पताल लाई ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ । निक साईमनले हुम्ला लगाएय कर्णालीका अन्य ६ जिल्लाका सातवटा अस्पताललाई सहयोग गर्दैआएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?