logo
२०८१ बैशाख २२ शनिवार



मोटरसाईकल ठक्करबाट पैदलयात्रीको मृत्यु

खुला |
प्रदेश |


मोटरसाईकल ठक्करबाट पैदलयात्रीको मृत्यु


लीलाराज झापाली
बिर्तामोड, फागुन ११ गते । मेचीनगर–७ स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मंगलबार राति ८ वजे पश्चिमदेखि पूर्व जाँदैगरेको मे. १० प २२३२ नम्बरको मोटरसाइकलले पैदलयात्री मेचीनगर –८ का १९ बर्षीय श्याम मगर र १७ बर्षीय बलबहादुर मगरलाई ठक्कर दिएर घाइते बनाएको थियो ।

दुबै जनालाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका लागि लगिएकोमा उपचारका क्रममा श्यामको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते बलबहादुरको अस्पतालमा उपचार भइरहेको छ । मृत्यु भएका श्याम ईटाभट्टास्थित प्रनिक पेट्रोल पम्पका कर्मचारी भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकल र चालक मेचीनगर –१० का अभिजित सिटौलालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नियन्त्रणमा लिएको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?