logo
२०८१ बैशाख १२ बुधवार



उखुबारीमा जङ्गली हात्ती मृत फेला

खुला |
प्रदेश |


उखुबारीमा जङ्गली हात्ती मृत फेला


अविनाश चौधरी
धनगढी, फागुन ११ गते । मोहना–लालझाडी कोरीडोरको अमरैया क्षेत्रमा जङ्गली हात्ती मृत फेला परेको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका –२ मा पर्ने सो गाउँमा बुधबार जङ्गली हात्ती मृत फेला परेको हो । जङ्गली हात्ती प्राकृतिक कारणले मरेको हुनसक्ने वनकर्मीको अनुमान छ । हात्ती बिरामी भएर मरेको हुनसक्ने कुण्डा सवडिभिजन वन कार्यालय पचकडियाका प्रमुख दिनेश यादवले जानकारी दिनुभयो । उहाँकाअनुसार जङ्गली हात्ती मृत फेला परेपछि वन कर्मचारी र नेपाल प्रहरीको टोलीले घटनास्थलको मुचुल्का तयार पारेर आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।

करिब १० वर्षको सो हात्ती शनिबार विहान अमरैया गाउँको खेतमा एक्लै देखापरेको थियो । विहान दोँदा नदी नजिक खल्लामा गहुँ र उखु खाइरहेको अवस्थामा देखिएको सो हात्तीलाई वनकर्मचारी, प्रहरी, स्थानीयले मिलेर लालझाडी वन क्षेत्रमा फर्काउन खोजेका थिए । तर, हात्ती वनतर्फ नगइ उखुबारीमा पसेको थियो । सो हात्तीबारे चासो राख्दै जानेक्रममा बुधबार मृत फेला परेको यादवले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?