logo
२०८१ बैशाख २० बिहीवार



वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका परिवारलाई आर्थिक सहयोग

खुला |
प्रदेश |


वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका परिवारलाई आर्थिक सहयोग


धीरेन्द्रप्रसाद साह
जनकपुर, फागुन ११ गते । मधेसी एकता समाजले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका परिवारलाई एक लाख ५० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ । नेपाली संयुक्त अरब इमिरेट्समा मृत्यु भएका धनुषाको सबैला नगरपालिका १२, रघुनाथपुरस्थित मृतक योगेन्द्र भेडिहरको परिवारलाई समाजको नेपाल इकाईकी अध्यक्ष डा. बबीसिंह यादवले बुधबार आर्थिक सहयोग हस्तान्तरण गर्नुभयो ।

अध्यक्ष डा. यादवले मृतकी पत्नी रुबी राउतलाई एक लाख ४० हजारको चेक र १० हजार नगद हस्तान्तरण गर्नुभयो । मृतकको श्रीमती र नौ महिनाकी छोरी रहेका छन् । परिवारको आर्थिक अवस्था कमजोर छ ।

मधेसी एकता समाजका अध्यक्ष डा. रविन्द्रकुमार यादवकाअनुसार मृतकको शवलाई नेपाल फर्काउने काममा समेत समाजले आर्थिक सहयोग गरेको थियो । संसारभरि छरिएर रहेका नेपालका मधेसी प्रवासीमाझ एकताको भावनालाई सञ्चार गर्दै उनीहरुको सुखदुःखमा सदासर्वदा साथ दिन सन् २०२१ मा दुबईमा स्थापना भएको हो ।

मृतक भेडिहार भ्रमण भिसामा युएई जानुभएको थियो । भ्रमण भिसामै रहेकाबेला उहाँले जागिर पाउनुभयो । तर श्रम स्वीकृति र जीवन बीमासहित अन्य जरुरी कागजात उहाँसँग थिएन । सधैझैँ कामबाट फर्किएर राति सुत्न गएका भेडिहारको पुस ५ गते राति सुतेकै अवस्थामा मृत्यु भएको थियो । समाजका उपाध्यक्ष श्रीकृष्ण ठाकुरले कानुनी प्रक्रिया पूरा गरी मृतकको शव फागुन ४ गते राति स्वदेश पठाउन भूमिका निर्वाह गरेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?