logo
२०८१ बैशाख २० बिहीवार



मुसहरनियामा भ्युटावर निर्माणको तयारी

खुला |
प्रदेश |


मुसहरनियामा भ्युटावर निर्माणको तयारी


लक्ष्मी चौधरी
जनकपुरधाम, फागुन ११ गते । देशकै अर्को होचो ठाउँ दावी गरिएको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा भ्युटावर निर्माण हुने तयारी गरिएको छ । टावर बन्ने भएपछि स्थानीय हर्षित बनेका छन् । धनुषाको सोे गाउँपालिका २ स्थित बेलही टोलमा भ्युटावर निर्माण हुने भएपछि स्थानीय हर्षित बनेका हुन् ।

मधेस प्रदेश सरकारले देशको होचो स्थानलाई पर्यटकीय दृष्टिकोणले विकास गर्न भ्युटावर निर्माण गर्न लागेको भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले जानकारी दिनुभयो । मन्त्री यादवकाअनुसार तीन वर्षभित्र सो कार्य सम्पन्न गरिने लक्ष्य लिइएको छ ।

९० फिट उचाई रहने भ्युटावर निर्माण हुने स्थानमा पिकनिक स्पोट, नाउ चलाउने योजना समेत रहेको मन्त्रालयले जनाएको छ । भ्युटावर निर्माणका लागि सोमबार पूर्वउपप्रधानमन्त्री बिमलेन्द्र निधि, भौतिक पूर्वाधार विकासमन्त्री यादवसहित प्राविधिक टोलीले निर्माणस्थलको निरीक्षण गरेको छ ।

करिब १४ कठ्ठा क्षेत्रफल जग्गामा निर्माण हुने भनिएको भ्युटावर निर्माणको लागत करिब ७ करोड रुपियाँ रहने मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?