logo
२०८१ बैशाख २० बिहीवार



प्रहरीको जवाफी कारबाहीमा एक भारतीय गाँजा तस्करको मृत्यु  

खुला |
प्रदेश |


प्रहरीको जवाफी कारबाहीमा एक भारतीय गाँजा तस्करको मृत्यु  
फाइल फाेटाे


कलैया, फागुन १२ गते । प्रहरीको गोली लागेर बारामा एक गाँजा तस्करको मृत्यु भएको छ ।  बुधबार राति सात/आठ जनाको समूहमा पाँच पाकेटमा ७५ किलो गाजा नेपालबाट भारततर्फ लगिरहेको सूचना पाएपछि प्रहरीको टोली त्यसतर्फ गस्तीमा जाँदै गर्दा सिम्रौनगढ नगरपालिका–२ महुयाहीमा गस्ती टोलीलाई लक्षित गरी तस्करले एक राउन्ड गोली चलाएको र आत्मरक्षाका लागि प्रहरीले चलाएको गोली लागेर नाम नखुलेका एक गाँजा तस्करको मृत्यु भएको बताइएको छ ।

भारतीय नागरिकलाई कम्मरमा गोली लागी घाइते भई उपचारका लागि कलैया अस्पताल ल्याएकामा निजको राति १ बजेर ३० मिनेटमा मृत्यु भएको प्रहरी प्रवता राजेश थापाले जानकारी दिनुभयो ।    
    
प्रहरीको जवाफी फायरपछि तस्करले गाँजा छाडेर भाग्दै गर्दा एक जना भारतीयलाई प्रहरीको टोलीले पक्राउ गर्न सफल भएको प्रहरी प्रवक्ता थापाले बताउनुभयो । पक्राउ पर्नेमा भारत विहार मोतिहारी जिल्ला ग्राम पञ्चायत पिप्रा निवासी ४० वर्षीय हृदेश गिरी रहेको थापाले जानकारी दिनुभयो । मृतकको शव प्रादेशिक अस्पतालमा राखिएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?